शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारकहाँ र को-कोसँग भएको थियो संक्रमितको सम्पर्क

कहाँ र को-कोसँग भएको थियो संक्रमितको सम्पर्क


चौतारा । कोरोना भाइरस (कोभिड १९) बाट बाह्रविसे नगरपालिका ९ राम्चेस्थित चालिसे गाउँकी २९ वर्षिया महिलाको मृत्यु भएपछि स्थानीय त्रसित छन् । सुत्केरी भएको ९ दिनमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिलासँगै उनका परिवार, आफन्त र स्थानीयले प्रयोग गरेका सवारी एउटै पनि लगभग एउटै छ । सुत्केरी भएपछि विमारी हुँदाका बखत प्रयोग गरिएको सवारी गाउँवासीले प्रयोग गरिसकेका छन् । सुत्केरी महिलालाई छोएका (छुने), स्याहार गर्ने तथा उनीसँग यात्रा गर्नेहरुमा कोरोना रहेका आशंका गाउँवासीको छ ।
मृतकको परिवार राजधानीको गोंगबुमा एक पसल चलाएर बस्ने गर्दथे । महिला गर्भवती थिइन् । डाक्टरले दिएको समयभन्दा महिना दिन अगावै सुत्केरी व्याथाले च्यापेपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो । वैशाख २३ गते अस्पतालको १२०३ नम्बरको बेडमा राखिएकी उनले २४ गते बिहानै छोरालाई जन्म दिएकी थिइन् । २५ गते नै उनको डिस्चार्ज गरिएको थियो ।

डिस्चार्जपछि नेपाल रेडक्रस सोसाइटी बाह्रविसेको बा १ च ३२८२ नम्बरको एम्बुलेन्समा राखेर उनलाई बाह्रविसे ल्याएको हो । सो एम्बुलेन्समा चालक प्रकाश चौंलागाईसहित उनका श्रीमान्, बच्चासहित बाह्रविसे २ का गुरुङ थरका एक दम्पति सवार थिए । बाह्रविसेबाट सोही दिन उनको घर राम्चेमा बोलेरोबाट उनलाई लगिएको श्रीमान् बताउँछन् । चालक बुद्धिरामको बा १९ च २९३ नम्बरको बोलेरोमा मृतक महिलासहित श्रीमान र बच्चा, अनि मृतकका जेठाजु सवार थिए ।

गाउँको घर राम्चेस्थित चालिसे गाउँमा पुगेका ती महिलालाई केही दिनपछि श्वासप्रस्वासले च्यापेको थियो । सुत्केरीलाई गाह्रो भएपछि एउटा बोलेरोमा प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचारका लागि उनलाई ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । जेठ १ गते बा १७ च ९८४८ नम्बरको बोलेरो प्रयोग गरिएको उक्त सवारीमा चालकसहित उनका श्रीमान र बच्चा, मृतककी माइतीतर्फकी आमा र देवर थिए ।

बााह्रविसे स्वास्थ्य केन्द्रमा जाँचपछि केन्द्रले धुलिखेल जान परिवारलाई सुझाएको थियो । तर, परिवारले धुलिखेल अस्पतालको सट्टा आफ्नै घर राम्चे पुर्याएका थिए । सोही दिन उनीहरु बाह्रविसेबाट घरसम्म बा २० च ७२८० नम्बरको बोलेरो प्रयोग गरेर घर पुगेको परिवारले जनाएको छ । सो बोलेरोमा चाकसहित ६ जना सवार थिए । जिल्ला प्रहरी कार्यालयले संकलन गरेको विवरणअनुसार सो बोलेरोमा चालक, मृत्यु भएकी महिलासहित बच्चा र श्रीमान्, मृतककी आमा, वडा कार्यालयका कर्मचारी, मृतक महिलाका श्रीमान्का भतिज सो बोलेरोमा गएका हुन् ।

घरमा सुत्केरीलाई स्याहार गर्ने, तेल लगाउने स्थानीय चालिसे थरकी महिला र माइतीतर्फकी आमा थिए । त्यही दिन जेठ १ गते ती महिलालाई नेपाल रेडक्रस सोसाइटी बाह्रविसेको बा १ च ३२८२ नम्बरको एम्बुलेन्सले धुलिखेल लगेको हो । धुलिखेल जाँदा मृतकको श्रीमान, आमा, बच्चा र नन्द साथमा रहेका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!