बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारसुत्केरीका छिमेकी र आफन्तको स्वाब संकलन सुरु

सुत्केरीका छिमेकी र आफन्तको स्वाब संकलन सुरु


बाह्रबिसे । कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरीको गाउँमा कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलन सुरु गरिएको छ ।अहिलेसम्म १८ जनाको स्वाब संकलन गरिएको जानकारी हामीलाई प्राप्त भएको छ । स्वाब संकलन गर्ने क्रम जारी रहेको छ ।

स्वाब संकलनका लागि डाक्टर निश्चल बोगटीको नेतृत्वको टोली बिहानै त्यसतर्फ गएको हो । आज बिहान बाह्रबिसे नगरपालिकामा स्वाब संकलन बाह्रबिसे पाथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीबाट सुरु गर्नेकी मृतकको गाउँबाट सुरु गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, स्थानीय तहका प्रतिनिधि र स्वास्थ्यकर्मीबीच भएको छलफलमा स्वाब संकलन मृतकको गाउँबाटै सुरु गर्ने सहमति भएपछि स्वाब संकलन सुरु गरिएको हो ।

पहिला चरणमा महिलासँग प्रत्यक्ष भेटेका छिमेकी र आफन्तको पहिचान गरी स्वाब संकलनको काम भइरहेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!