Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका गाउँपालिका अध्यक्षको `आरडीटी` रिपोर्ट पोजेटिभ

सिन्धुपाल्चोकका गाउँपालिका अध्यक्षको `आरडीटी` रिपोर्ट पोजेटिभ


चौतारा । सिन्धुपाल्चोकका एक गाउँपालिका अध्यक्षलाई कोरोना आशंका गरी गरिएको आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । उनको आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि टेकु प्रयोगशाला पठाइएको स्रोतले बताएको छ ।

पीसीआर रिपोर्ट भने आउन बाँकी छ । जिल्लामा अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुको आरडीटी विधिमार्फत कोरोना परीक्षण गर्ने जिल्ला कोभिड-१९ विपद व्यवस्थापन केन्द्रले केही दिनअघि निर्णय गरेको थियो ।

सोही अनुसार जिल्लाका स्थानीय तहहरुले पनि अग्रपंक्तिमा काम गर्नेहरुको कोरोना परीक्षण गरेका थिए । परीक्षणका क्रममा गाउँपालिका अध्यक्षको रिपोर्ट पोजेटिभ आएको र यो उनी आफैले स्विकारेका छन् । उनको स्वास्थ्यस्थित सामान्य रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!