गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा सुरक्षा व्यवस्था कडा, संक्रमण नियन्त्रणका लागि स्थानीयवासी सक्रिय सिन्धुपाल्चोकमा सुरक्षा व्यवस्था कडा, संक्रमण नियन्त्रणका लागि स्थानीयवासी सक्रिय सिन्धु खबर जेठ ४, २०७७ गते १०:३९ मा प्रकाशित चौतारा । कोरोना संक्रमणका कारण बाह्रबिसे नगरपालिकाकी महिलाको निधन भएपछि जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्लाका मुख्य बजारहरुमा मानिसको आवागमन समेत ठप्प छ । चौतारा, मेलम्ची, सुकुटेलगायत बजारहरु ठप्प छन् । बाह्बिसे नगरपालिका, बलेफि गाउँपालिकाका केही ठाउँमा शील गरेपछि स्थानीय घरमा नै बसेका छन् । शील गरेको वडाको नाकाहरुमा प्रहरी परिचालन गरी मानिस आउन पनि नदिने र जान पनि नदिने गरेको प्रहरीले जनाएको छ । जिल्लाभरको जनजीवनमा एक किसीमको त्रास फैलिएको छ । जिल्ला प्रवेश गर्ने नाकाहरुमा पनि चेकजाँच कडाइ गरिएको प्रहरी नायव उपरिक्षक माधव काफ्लेले (डीएसपी) जानकारी दिए । अतिआवश्यक बाहेकका सवारी साधनलाई जिल्ला प्रवेश गराइएको छैन् । अतिआवश्यक सामग्री बोकेका गाडीमा पनि चेकजाँच कडाइ गरिएको छ । ग्रामीण भेगमा पनि मानिसको आवागमनलाई रोक लगाइएको छ । राजमार्गमा चल्ने अतिआवश्यक गाडीहरु शील गरेको क्षेत्रमा रोक्न निषेध गरिएको छ । संक्रमण फैलन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरेको डीएसपी काफ्लेले बताए । साथै संक्रमण फैलन नदिन स्थानीय समूह तथा टोल विकास समितिका सदस्यहरु सक्रिय भएका छन् । उनीहरुले बजार खोल्ने समयपनि आफै निर्धारण गर्ने गरेका छन् । चौतारा टोल विकास समितिले चौतारामा रहेका खाद्यान्न पसलहरु हप्तामा दुइ दिनमात्रै खोल्ने भएका छन् । शनिबार र मंगलबार बिहान मात्रै खाद्यान्न पसल खोल्ने टोल विकास समितिले निर्णय गरेको छ । यो निर्णय नमान्ने व्यापारीलाई प्रहरीप्रशासनको सहयोग लिएर कारवाही गर्ने पनि उनीहरुले बताएका छन् । उनीहरुले अनावशयक सवारी साधन रोक लगाउन प्रशासन समक्ष अनुरोध गरेका छन् । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे