बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारस्वाब संकलनका लागि चिकित्सकको टोली घटनास्थल जाँदै

स्वाब संकलनका लागि चिकित्सकको टोली घटनास्थल जाँदै


चौतारा । कोरोना संक्रमणको कारण निधन भएकी महिलाको गाउँमा कन्ट्राक्टट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्न स्वाब संकलनको लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाँदैछ । चौतारा अस्पतालका डाक्टर निश्चल बोगटीसहितको टोली स्वाब संकलनका लागि बिहान त्यसतर्फ जाने स्रोतले बतायो ।

कन्ट्राक्टट ट्रेसिङ गर्न डाक्टर बोगटी सहित, शसस्त्र प्रहरी निरिक्षक निरक शाही, प्रनानि रघुनाथ शाह, ल्याबटेक्निसियन रामेश्वर दास, नेपाली सेनाका एकजना प्रतिनिधि त्यसतर्फ जाँदैछन् । उनीहरुले आज महिलासँग नजिक भएका व्यक्तिहरुको स्वाब संकलन गर्ने स्रोतले बताएको छ ।

कन्ट्राक्टट ट्रेसिङ गरी स्वाब संकलन गरिएकालाई क्वारेन्टाइन्मा राखिने शनिबार बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । संक्रमण नफैलियोस भननका लागि उक्त ठाउँलाई शील गरिएको छ ।

बाह्रबिसे नगरपालिका ९ र बलेफि गाउँपालिका ७ र ८ नम्बर वडालाई सुराा समितिको बैठकले हिजो नै शील गरिसकेको छ र अहिले उक्त क्षेत्रका स्थानीयलाई घरबाट बाहिर निस्कन दिइएको छैन् । स्थानीयमा एक त्रास फैलिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!