सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाबाट मृत्यु भएको पुष्टि

चौतारा । अन्तत नेेेेेेपालमा पहिलाे पटक कोरोना संक्रमणबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी २९ वर्षीय महिलाको निधन भएको छ । एकातिर यो घटनाले सिंगो देश भयभित बनेको छ नै अर्कोतर्फ सिन्धुपाल्चोक पुर्ण रुपमा त्रसित छ ।
बाह्रबिसेकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौंको राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा राम्चेकी सुत्केरी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि हिजो धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणा पनि उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाका कारण महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । ती महिला ९ दिनकी सुत्केरी थिइन् । वैशाख २३ गते सुत्केरी व्यथा लागेपछि ती महिलालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।
२४ गते नै छोरा जन्माएकी उनी दुई दिन अस्पतालको बसाइपछि २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् । शिक्षण अस्पतालबाट उनलाई नेपाल रेडक्रस सोसाइटी बाह्रबिसेको एम्बुलेन्सबाट घर ल्याइएको थियो । घर ल्याइएको केही दिनमा श्वासप्रशवासमा समस्या भएपछि उनलाई बिहीबार राति बलेरोमा धुलिखेल अस्पताल पुर्याइएको थियो । चिकित्सकको अनेक प्रयासका बाबजुद उनको शुक्रबार बिहान मृत्यु भएको थियो । उनको पशुपतिमा रहेको विद्युतीय शव दाहगृहमा अन्ति संस्कार गरिदैछ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस