बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारनिधन भएकी राम्चेकी महिलाको दाहसंस्कार गर्न पशुपति लगिदैं, आफन्त कोही गएनन्

निधन भएकी राम्चेकी महिलाको दाहसंस्कार गर्न पशुपति लगिदैं, आफन्त कोही गएनन्


चौतारा ।  धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको शव दाहसंस्कार गर्ने तयारी भइरहेको छ । सरकारी शव व्यवस्थापन टोलीले नै  पशुपतिमा रहेको विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिने स्रोतले बताएको छ । भक्तपुरबाट शववाहन धुलिखेल अस्पताल पुगिसकेको छ । ती महिलाको शव विशेष सुरक्षा व्यवस्थापनका साथ पशुपतिस्थित शव दाह गृहमा लगिदैछ । मृतकका आफन्त भने कोही छैनन् । महिलासँगै धुलिखेल अस्पतालमा उनकी आमा र श्रीमान गएका थिए । धुलिखेल अस्पतालमा शववाहन र स्वास्थ्य मन्त्रालयको टोली पुगिसकेको छ ।

मृत्यु भएकी महिला कोरोनाकै कारण मरेको हो भन्ने पुष्टि भइसकेको छैन् । उनको धुलिखेल अस्पतालमा आरडीटी र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ । थप परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पुष्टि नै नगरी हतार हतार दाहसंस्कार गर्ने तयारी गर्नुले धेरै प्रश्नहरु उब्जिएको छ ।

ती महिला ९ दिनकी सुत्केरी थिइन् । वैशाख २३ गते सुत्केरी व्यथा लागेपछि ती महिलालाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । २४ गते नै छोरा जन्माएकी उनी दुई दिन अस्पतालको बसाइपछि २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।

शिक्षण अस्पतालबाट उनलाई नेपाल रेडक्रस सोसाइटी बाह्रबिसेको एम्बुलेन्सबाट घर ल्याइएको थियो । घर ल्याइएको केही दिनमा श्वासप्रशवासमा समस्या भएपछि उनलाई बिहीबार राति बलेरोमा धुलिखेल अस्पताल पुर्याइएको थियो । चिकित्सकको अनेक प्रयासका बाबजुद उनको शुक्रबार बिहान मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!