गृहपृष्ठ ∕ समाचार ∕ निधन भएकी महिलाको गाउँमा `शील` गरियो, सेनासमेत परिचालन निधन भएकी महिलाको गाउँमा `शील` गरियो, सेनासमेत परिचालन सिन्धु खबर जेठ ३, २०७७ गते १८:०८ मा प्रकाशित चौतरा । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा शील गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे ९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमणलाई रोक्न उक्त गाउँ शील गरिएको हो । बाह्रबिसे नगरपालिका ९ र बलेफि गाउँपालिका ८ र ९ शील गरिएको छ । ती महिलाको माइती बलेफि गाउँपालिकाको ९ मा पर्ने हुँदा उकत क्षेत्रपनि शील गरिएको हो । उक्त शील गरिएका ठाउँहरुबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने भएको छ । शील गरिएका ठाउँका स्थानीयलाई घरबाहिर निस्कन नदिने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनालाइृ समेत जिम्मा दिइएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुलाई `कन्ट्रयाक्ट ट्रेसिङ` गरी पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब संकलन गरिने समितिको बैठकले निर्णय गरेको छ । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द पनि शील गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र शील गरिने भएको हो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे