Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाचारमृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको ‘कोरोना पोजेटिभ’

मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको ‘कोरोना पोजेटिभ’


चौतारा । धुलिखेल अस्पतालमा शुक्रबार बेलुकी निधन भएकी सिन्धुपाल्चोककी एक सुत्केरी महिलालाई कोरोना संक्रमण भएको शंका गरिएको छ । स्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ती महिलाको निधन कोरोनाबाट भएको पुष्टी भने भएको छैन ।

धुलिखेल अस्पतालले गरेको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको थियो । अहिले उनको स्वाब संकलन गरेर शुक्रराज अस्पताल टेकुमा पठाइएको छ । उनको मृत्युपछि धुलिखेल अस्पताल प्रशासनले भने उच्च सतर्कता अपनाएको छ । स्रोतका अनुसार अस्पतालका स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

बाह्रबिसे नगरपालिकाकी ती महिला साता अघि शिक्षण अस्पताल महाराजगन्जमा सुत्केरी भएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेपछि स्वास्थ्यमा समस्या देखिएपछि बलेरो गाडीमा राखेर धुलिखेल लगिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ बजे गर्ने पत्रकार सम्मेलनमा यसको आधिकारिक जानकारी गराइने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस