गृहपृष्ठ ∕ समाचार ∕ सेनाले ल्याएको स्वास्थ्य सामग्री तातोपानीबाट काठमाडौं भित्र्याइयो सेनाले ल्याएको स्वास्थ्य सामग्री तातोपानीबाट काठमाडौं भित्र्याइयो सिन्धु खबर जेठ ३, २०७७ गते १३:५७ मा प्रकाशित तातोपानी । नेपाली सेनाले चीनबाट ल्याएका स्वास्थ्य सामग्री काठमाडौं पठाइएको छ । आज तातोपानी भन्सार कार्यालयबाट सबै भन्सार प्रक्रिया पुर्याएर ती सामग्री काठमाडौं पठाइएको हो । सेनाले ल्याएको १० कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं पठाएको तातोपनी भन्सारका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । ती सामान हिजो तातोपनी भन्सार आइपुगेका थिए । भन्सार प्रक्रिया पुरा गरी किटनाशक स्प्रे गरेर १२ घण्टा यार्डमा राखेपछि सामान काठमाडौं पठाउने गरिएको छ । कोरोना संक्रमण नहोस भन्नका लागि भन्सारले यो विधि अपनाएको हो । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने स्वास्थ्य सामग्री खरिद गर्न ओम्नी कम्पनीलाई दिएको थियो । ओम्नीले ल्याएका स्वास्थ्य सामग्री गुणस्तरीहीन भएको र व्यापक भ्रष्टाचार गरेको आरोप लागेपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको हो । सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको हो । खरिद गरिएकमध्ये १० कन्टेनर सामान तातोपानी नाका हुँदै आएको हो । सेनाले औषधि खरिदका लागि लागि २ अर्ब २६ करोड रुपैयाँ चीन सरकारलाई भुक्तानी गरिसकेको छ । सेनाले मन्त्रिपरिषदको चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट जीटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउन वैशाख ७ मा सम्झौता गरेको थियो । सेनाले करिब ३ सय ४३ टन स्वास्थ्य सामग्री ल्याउन लागेको छ । अतिआवश्यक स्वास्थ्य सामग्री विमान मार्फत छिट्टो ल्याउने तयारी गरेपनि त्यो सम्भव भएको छैन् । चीन सरकारले सामग्री लिनका लागि विमान नबोलाएका कारण विमानबाट औषधि ल्याउन ढिलाई भएको सेनाले जनाएको छ । तर सडकमार्ग हुँदै केही स्वास्थ्य सामग्री आज काठमाडौं पुग्नेछन् । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो