शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारबाह्रबिसेमा सीमा अतिक्रमण विरुद्ध कांग्रेसको जुलुस, नेताकार्यकर्ता पक्राउ

बाह्रबिसेमा सीमा अतिक्रमण विरुद्ध कांग्रेसको जुलुस, नेताकार्यकर्ता पक्राउ


बाह्रबिसे । नेपाली काँग्रेस क्षेत्रीय समितिले भारतीय विस्तारवाद र सीमा अतिक्रमण विरुद्ध जुलुस निकालेको छ । खोक्रो राष्टवादको नारा लगाउने तर भारतसँग लम्पसार पर्ने सरकारको प्रवृतिको विरोधमा काँग्रेसले जुलुस निकालेको हो । उनीहरुले भ्रष्टाचार मौलाउँदै गएको, लकडाउनका कारण मजदुरी गर्न नपाएर मजदुरहरु भोकै पर्न परेको तर उनीहरुलाई राहत दिने विषयमा केही कार्यक्रम नल्याएको विरोधमा बाह्रबिसेमा जुलुस निकालेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।

जुलुसले बाह्रबिसे बजारको परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि आयोजित कोणसभालाईे सम्बोधन गर्दै काँग्रेस महासमिति सदस्य हरिशरण श्रेष्ठले राष्टवादको नारा लगाउने सरकारका प्रधानमन्त्रीले सीमा मिचएिको जानकारी आफूलाई छैन भन्नु लज्जास्पद रहेको बताएका छन् ।

`वर्षौसम्म सीमा अतिक्रमण गरी डोजर चलाएर सडक खन्दा पनि थाहा नपाउने सरकार कस्तो निन्द्रामा थियो` उनले प्रश्न गरेका छन् । क्षेत्रीय सभापति बस्नेतले यो सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मका नेकपाको सरकारहरु भ्रष्टाचारमा लिप्त भएकाले लकडाउनको अवस्थामा जनताको दैनिक जनजीवनको बारेमा ध्यान दिन नसकेको आरोप उनको छ । उनले भने, `दैनिक ज्याला गरेर खानेहरुको जीवन कष्टकर छ उनीहरुलाई राहत दिनुभन्दा लकडाउन लम्ब्याएर अझ आहात दिन सरकार लागिपरेको छ ।`

यसैगरी कााग्रेस युवा नेता युधिर पौडेलले सरकार जनताका कुनै पनि पीर मर्कामा सँगै नरहेको आरोप लगाएका छन् । `सीमामा हजारौं नेपाली अलपत्र परेका र विदेशमा समेत देश फर्काउन धरधरी रोएर अपिल गरेकाहरुको कुनै आवाज सुन्ने यो सरकारसँग फुर्सद छैन् उनले भने, जनताको जीवनप्रति उदासिन सरकारलाई हामी सर्धै खबरदारी गछौं ।` काँग्रेसले सरकारको गलत कदम प्रति सधै विरोध गर्ने जनाएको छ । सीमा अतिक्रमणका बारेमा ठोस कदम नलिए सिन्धुपाल्चोक काँग्रेसले खबरदारी जारी राख्ने बताएको छ ।

यसैबीच जुलुसमा सहभागी केही नेताकार्याकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ क्षेत्रीय सभापति हेमन्त श्रेष्ठसहित केही नेता कार्याकर्तालाई प्रहरीले पक्राउ गरेको हो । लकडाउन उल्लघंन गरेर नारा जुलुस गरेपछि केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!