गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन उल्लघंन गर्दै हुनुहुन्छ ? जरिवानामा परिएला लकडाउन उल्लघंन गर्दै हुनुहुन्छ ? जरिवानामा परिएला सिन्धु खबर जेठ २, २०७७ गते १७:१२ मा प्रकाशित चौतारा । जिल्लामा लकडाउन उल्लघंन गर्नेलाई जरिवाना लिन सुरु गरिएको छ । आजबाट लकडाउन उल्लघंन गर्ने सवारी साधन र मानिसलाई जरिवाना लिन सुरु गरिएको हो । लकडाउन उल्लघंन गर्ने क्रम नरोकिएपछि प्रहरी प्रशासनले जरिवाना लिने निर्णय गरेको हो । अब लकडाउन उल्लघंन गर्ने व्यक्तिले एक सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ भने सवारी साधनलाई ट्राफिक उल्लघंन वापतको जरिवाना लिई कारवाही गर्न सुरु गरिएको प्रहरी नायव उपरीक्षक माधव काफ्ले (डीएसपी)ले जानकारी दिए । आज चौतारामा लकडाउन उल्लघंन गर्ने २७ जनालाई जनही एक सय रुपैयाँ जरिवाना लिइ छाडिएको छ । उनीहरुलाई तीनघण्टासम्म टुडिखेलमा राखी सम्झाइ बुझाइ गरिएको थियो । साथै लकडाउन उल्लघंन गरेका १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई ट्राफिक उल्लघन गरे वापतको जरिवाना लिई छाडिएको छ । लकडाउन उल्लघंनलाई कम गर्न आजबाट जरिवाना लिन थालिएको डीएसपी काफ्लेले बताए । `लकडाउन उल्लंघन गर्नेको सबै तथ्याकं संकलन गरिन्छ डीएसपी काफ्लेले भने, पटके उल्लघंन गरेको देखिए संक्रमण ऐन २०२० बमोजिम कारवाही गरिनेछ ।` संक्रमण ऐन अन्तर्गत एक सय रुपैयाँ जरिवाना र ६ महिना जेलको व्यस्था छ । आजै बाह्रबिसेबाट ६ जना र जलबिरेबाट ५ वटा बाइक नियन्त्रणमा लिएको काफ्लेले बताए । चौतारामा लकडाउन उल्लघंन गर्नेलाई जरिवाना लिन सुरु गरेको प्रशासनले लकडाउन उल्लघंन गर्ने क्रम नघटेमा अन्य ठाउँमा पनि जरिवाना लिने बताएको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे