फौजी कीराले मकैबाली नष्ट

चित्र मिजार ।
लामोसाँघु । फौजी कीराले सिन्धुपाल्चोकका कृषकले लगाएका मकै बालीमा क्षति पुगेको छ । करिब पाँच हजार भन्दा बढी रोपनीमा लगाइएको मकै बाली नष्ट भएको हो । जिल्लाका १२ वटा नै स्थानीय तहले दिएको जानकारी अनुसार पाँच हजार रोपनी बढी क्षेत्रफलमा लगाइएका मकैबाली नष्ट भएको छ ।
फौजीकिरा, संखेकिरा, जुसिलकिरा, पतेरो, किर्थो लगायतका किरा फटङग्राले मकैबालीमा क्षति पुगेको लामोसाँघुका स्थानीय बलदेव श्रेष्ठले जानकारी दिए । बलेफी गाउँपालिका ८ मा रहेकोे लामोसाँघु, मेलम्ची, बाह्रबिसे फाँट लगायतका खेतबारीमा लगाइएको मकैबालीमा क्षति पुगेपछि किसानहरु चिन्तित हुन थालेका छन् ।
लामोसाँघुका किसान कृष्ण बहादुर पराजुलीले धानचामाल लाग्न लागेको मकैबाली फौजी कीरा र र अन्य कीराले खाइदिएको भन्दै दुखेसो पोखे । अर्का किसान गौरी काप्लेले मकैबाली सखाप हुन थालेपछि खडेरी पर्र्ने चिन्ता बढेको बताए ।
किसानले स्थानीय जातका कन्चन, खुमालटार लगायतका बीउ रोपेका थिए । मकैबालीका साथै बोडी, करेला, चिप्ली भ्यान्टा, लगायतका तरकारी खेतीमा पनि किरा लाग्न थालेको किसानले दुखेसो पोखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस