Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाचारसेनाले ल्याएका स्वास्थ्य सामग्री तातोपानी आइपुग्यो

सेनाले ल्याएका स्वास्थ्य सामग्री तातोपानी आइपुग्यो


तातोपानी । नेपाली सेनाले ल्याएको स्वास्थ्य सामग्री तातोपानी नाका आइपुगेको छ । चीनबाट ल्याइएका अति आवश्यक स्वास्थ्य सामग्री आज तातोपानी नाका आइपुगेको हो ।

अहिले सो स्वास्थ्य सामग्री चिनीयाँ क्षेत्रमा अनलोड हुँदैंछ ।  चिनियाँ पक्षले स्वास्थ्य सामग्री अनलोड गरेर भन्सार प्रक्रिया पुरा गरेपछि नेपाली मजदुर र कन्टेनर गएर ती स्वास्थ्य सामग्री नेपालतर्फ ल्याइने भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण नहोस भनेर चिनियाँ पक्षले नेपाल ल्याउने सामान तातोपानी नाका पारि नै अनलोड गरेर जाने गर्दछन् । उनीहरु गएपछि नेपाली मजदुरले ती सामान ल्याउने दुई देशबीच सहमति भएको छ ।

आज यार्डमा आइपुग्ने ती सामान सबै प्रक्रिया पुर्याएर भोलि काठमाडौं पठाइने प्रमुख खत्रीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस