Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाचारसेनाले ल्याएको स्वास्थ्य सामग्री खासामै

सेनाले ल्याएको स्वास्थ्य सामग्री खासामै


तातोपानी । नेपाली सेनाले किनेको अति आवश्यक स्वास्थ्य सामग्री खासा आइपुगेको छ । आज ती सामग्री खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

सेनाका १० कन्टेनर सामान नेपाल भित्रनेछन् भने भोलिसम्म काठमाडौं पठाइने तयारी भएको प्रमुख खत्रीले बताए । सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

त्यसको लागि २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सेनाले मन्त्रिपरिषदको चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट जीटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउन वैशाख ७ मा सम्झौता गरेको थियो । सेनाले करिब ३ सय ४३ टन स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।

केही सामान विमान मार्फत ल्याइने भनेतापनि त्यो प्रक्रिया नपुगेका कारण गन्जाउ विमानस्थलमा नै रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस