जिल्ला भित्रका सवारी पास सबै खारेज

चौतारा । सरकारले जिल्लाभित्र सवारी चलाउन दिएको पास पनि खारेज गरेको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लाले जिल्लाभित्र सवारी चलाउन दिएका सवारी पास खारेज गर्ने निर्णय गरेको हो ।
अब जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएका सवारी पासले जिल्लाभित्र पनि गाडी चलाउन पाइनेछैन् । जेठ ३ गतेदेखि लागू हुने गरी सरकारले यो नियम ल्याएको हो ।
अबदेखि लिइने पासहरु गृहमन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने छ । मन्त्रालयले जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु खारेज गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस