गृहपृष्ठ ∕ समाचार ∕ त्रिपुरासुन्दरीका सबै विद्यालयमा पाठ्यपुस्तक त्रिपुरासुन्दरीका सबै विद्यालयमा पाठ्यपुस्तक सिन्धु खबर जेठ १, २०७७ गते २०:१४ मा प्रकाशित चौतारा । त्रिपुरासुन्दरी गाउँपालिका भित्र रहेका सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । त्रिपुरासुन्दरीले सबै सामुदायिक बिद्यालयमा पाठ्यपुस्तक पूर्याउने योजना अनुरूप सबै बिद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराएको हो । लक डाउनका कारण देशका सबै शैक्षिक संस्था बन्द रहेको अवस्थामा गाउँपालिकाले आफ्नो विद्यालयहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकको व्यवस्था आफ्नो पूर्व योजना अनुसार नै गरेको अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए। अब केही दिन भित्र सबै बिद्यार्थीको हातमा पुस्तक पुगी सक्ने गरी सहयोग गर्न विद्यालयसंग पालिकाले अनुरोध गरेको श्रेष्ठले बताए । विद्यालयले निशुल्क घर-घरमा पाठ्रयपुस्तक र्पुयाईदिने छन् । यस अघि त्रिपुरासुन्दरी गाउँपालिका ३ ले पनि आफ्नो वडाभित्रका विद्यार्थीलाई गाउँ गाउँ पुगेर पुस्तक वितरण गरेको थियो । यस्तै गाउँपालिकाले कृषि नै आर्थिक उपार्जनको प्रमुख आधारस्तम्भ भएकाले किसानलाई थप प्रोत्साहन गर्न सहकारी मार्फत मलमा सहुलियत कार्यक्रम ल्याउने प्रमुख प्रशासकीय अधिकृत गणेश राम पोखरेलले बताए । यसैगरी इच्छुक फर्म, समुह ,सहकारीले जेष्ठ मसान्त भित्र कृषि तथा पशु शाखामा सम्पर्क गर्न गाउँपालिकाले सुचना समेत जारी गरेको छ । उनीहरुलाई आगामी वर्षको कार्यक्रममा यसकै आधारमा अनुदान व्यवस्थापन गर्ने गाउँपालिकाको योजना छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाले रोकथाम र नियन्त्रणको लागि कार्यक्रमहरु संचालन गरेको छ । अध्यक्ष श्रेष्ठका अनुसार चुल्हो बल्ननै गाह्रो भएका प्रत्येक वडाका विपन्न परिवारलाइ राहत वितरण गरेको थियो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो