गृहपृष्ठ ∕ समाचार ∕ चौतारा टुडिखेलमा आपतकालीन उद्धार! चौतारा टुडिखेलमा आपतकालीन उद्धार! सिन्धु खबर जेठ १, २०७७ गते १८:३३ मा प्रकाशित चौतारा । टुडिखेलमा आज फरक दृश्य देखियो । टेण्टहरु राखिएका थिए । टेण्टमा हस्पिटलमा चाहिने जस्ता अत्यावश्यक सामाग्री थिए । औषधि पनि थिए । पीपीई लगाएर बसेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थिए । त्यतिकैमा कोही बिमारी भएको फोन आयो । साइरन बजाउँदैं एम्बुलेन्स कुदे । एकैछिनमा एम्बुलेन्सले बिरामी लिएर आयो । केही बिरामीलाई उद्धार गर्दै गरेका जस्ता देखिन्थे । अरु एम्बुलेन्स पनि लस्करै राखिएको थियो । मानिसहरु वरिपरीबाट हेरिरहेका थिए । के भयो यहाँ भन्दै थिए । ठूलै घटना भएजस्तो लाग्थ्यो । तर यहाँ महामारी वा घटना भएको हैन् । महामारी होला कि भनेर त्यसको तयारी स्वरुप गरेको पूर्वअभ्यास (डेमो) हो । आज चौतारामा विपद व्यस्थापन समितिको आयोजनामा टुडिखेलमा कोरोना महामारी आउँदा के गर्ने भनेर नेपाली सेनाले देखाएको जनचेतनामूलक अभ्यासका दृश्य हुन् यी । अभ्यासमा कोरोना संक्रमण भइहाले बिरामीको उद्धार, उपचार र बिरामीको मृत्यु भएमा शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चेतनामुलक प्रस्तुति देखाइएको हो । उद्धार र बिरामीको उपचारपछि गाडीको निर्मलीकरण कसरी गर्ने, बिरामी बसेको ठाउँको निर्मलीकरण कसरी गर्ने भन्ने विषयमा पनि डेमो देखाइएको थियो । सेनाको समन्वयमा प्रहरी र रेडक्रसलगायत पूर्वाभ्यासमा सहभागी भएका थिए । अभ्यासमा पीपीईलगायत आवश्यक सुरक्षा सामग्रीको प्रयोग, बिरामीको उद्धार, हस्पिटलमा ल्याएर उपचार गर्ने कार्यविधि र यदि बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्ने बारे देखाइएको थियो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे