Techie IT
Sunday, February 28,2021 / आईतबार, फागुन १६, २०७७
×
गृहपृष्ठसमाचारलिसंखुपाखरमा ट्रकबाट खसेर एक जनाको मृत्यु

लिसंखुपाखरमा ट्रकबाट खसेर एक जनाको मृत्यु


चौतारा । ट्रकबाट खसेर आज एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर १ चोचेडाँडाको भित्रि सडकबाट मुडे व्यासतर्फ आउँदै गरेको बा ५ ख २४१६ नम्बरको मिनिट्रकबाट खसेर ३८ वर्षीय कृष्ण बीर तामाङको मृत्यु भएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

तामाङको ट्रकबाट खसी पछाडिको टायरमा टाउको पर्न गई घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो ट्रक आलु अनलोड गरी खाली आउँदै गरेको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस