शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारजुगलमा भारतीय प्रधानमन्त्री मोदीको पुत्लादहन

जुगलमा भारतीय प्रधानमन्त्री मोदीको पुत्लादहन


चौतारा । जुगल गाउँपालिकाको ढाडे बजारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

नेकपा जिल्ला कमिटि सदस्य अम्बिका नेपाल, अनेरास्ववियु केन्द्रीय सदस्य रञ्जित आचार्यको नेतृत्वमा नेकपाका नेता कार्यकर्ताले भारतले सीमा अतिक्रमण गरेको विरोधमा मोदीको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले गो ब्याक इन्डिया, भारतीय सेना कालापानी छोड, भारतीय विस्तारवाद मूर्दावादजस्ता नारा लगाइ बजार परिक्रमा गरी पुत्ला दहन गरेको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।

सीमा अतिक्रमणको विरुद्ध भारतीय विस्तारवादी निती विरुद्ध अनेरास्ववियु सधै लडिरहने आचार्यले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!