शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारसिन्धुका नाकामा चेकजाँच कडाइ, घर बाहिर निस्कन प्रतिबन्ध

सिन्धुका नाकामा चेकजाँच कडाइ, घर बाहिर निस्कन प्रतिबन्ध


चौतारा । जिल्लामा लकडाउनमा थप कडाइ गरिएको छ । आजबाट जिल्ला छिर्ने नाकाहरु बन्देउ, मुडे, बाहुनेपाटी, भोटेचौर, भीमटारलगायत जिल्ला छिर्ने ठाउँमा चेकजाँच कडा पारिएको प्रहरी नायव उपरीक्षक माधव काफ्ले (डीएसपी)ले जानकारी दिए । कोरोना संक्रममितको संख्या बढेसँगै सिन्धुपाल्चोक प्रवेशमा पनि कडाइ गरिएको उनले बताए ।

सरकारले अत्यावश्यक उद्योग तथा कार्यालय खोल्ने निर्णय गरेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको हो । हिजो एकैदिन ८३ जनामा कोरोना संक्रमण भएपछि सरकारले लकडाउन थप कडाइ गर्न निर्देशन दिएसँगैं सिन्धुपाल्चोक छिर्ने नाकामा पनि कडाइ गरिएको हो । विभिन्न नाकाबाट छिर्न खोज्नेलाई पास भएमात्रै छिराउने नत्र नाकामै रोकिराखेको डीएसपी काफ्लेले जानकारी दिए ।

बिहानमात्रै चौतारा, मेलम्ची, बाह्रबिसे, लामोसाँघुलगायत जिल्लाका बजारहरुबाट प्रहरीले २६ जनालाई नियन्त्रण लिएको छ । त्यस्तै लकडाउन उल्लघंन गर्ने ७ वटा मोटरसाइकल र दुई साना गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अनावश्यक काममा बजार निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

`आजबाट कुनै पनि बहानामा बजार निस्केर लकडाउन उल्लघंन गर्नेलाई छाडिन्न डीएसपी काफ्लेले भने, यो मानिसको जीवनसँग जोडिएको कुरा हो ।` एकजनाको लापरवाहीले धेरैमा कोरोना संक्रमणको जोखिम रहेकाले सिन्धु प्रशासनले यस्ता गलत काम गर्नेहरुलाई नछाड्ने बताएको छ ।

नियन्त्रण लिइएकाहरुले यसअघि लकडाउन उल्लघंन गरेको छ कि छैन त्यो अनुसार कारवाही गर्ने डीएसपी काफ्लेले बताए । `हामीसँग लकडाउन उल्लघंन गर्ने सबैको रेकर्ड छ, उनले भने, यदि दोस्रो पटक लकडाउन उल्लघंन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुन्छ ।`

अत्यवाश्यक कामका लागि जिल्ला प्रशासनबाट पास लिइका सवारी साधनलाई भने चल्न दिइने छ । मोटरसाइकल र साना सवारी साधनको आवागमन जिल्लाका बजारमा धेरै पाइएपछि त्यसलाई आजबाट रोक्ने पनि प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!