मध्यरातमा गएको भुकम्पले सिन्धुको जनजीवन त्रसित

चौतारा । मध्यरातमा दोलखालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले सिन्धुपाल्चोकको जनजीवन पनि त्रसित बनेको छ । कोरोना संक्रमण महामारीको समयमा आएको भुकम्पले अर्को महामारीलाई सम्झादिएको छ । त्यसैले मानिसहरु अझ बढी त्रसित देखिएका छन् ।
गएराति मध्यरात (११.५३ बजे) मा दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकलगायत छिमेकी जिल्लामा समेत ठुलै धक्काको महसुस गरिएको छ ।
२०७२ सालमा गएको शक्तिशाली भुकम्पपछि धेरै पराकम्पहरु जाने क्रम अहिलेसम्म रोकिएको छैन् । ७२ मा गएको भुकम्पमा सिन्धुपाल्चोक सबैभन्दा बढी क्षति बेहोर्ने जिल्ला हो । त्यसैले पनि भुकम्प भन्नासाथ यहाँका मानिसहरु बढी त्रसित हुने गर्दछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस