सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाचारसबै सवारी पास खारेज, सिन्धुमा मोटरसाइकल तथा साना सवारी आवागमन रोक्ने

सबै सवारी पास खारेज, सिन्धुमा मोटरसाइकल तथा साना सवारी आवागमन रोक्ने


चौतारा । कोरोना संक्रमितको संख्या द्रुत गतिमा बढ्न थालेपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मंगलबार गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास खारेज गरेको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पुर्ण सवारी पास खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।

अब काठमाण्डौं जानै पर्ने भएमा गृहमन्त्रालयको स्विकृति अनिवार्य चाहिने भएको छ । पास जारी गर्नुपर्ने आवश्यक देखिएमा मनासिव कारण पनि खुलाउनुपर्ने छ । काठमाडौं प्रवेश गर्ने पासमा अब गृह मन्त्रालयको स्विकृति नम्बर समेत अनिवार्य हुनुपर्नेछ ।

जिल्ला प्रशासनले जारी गरेको पास एक जिल्लबाट अर्को जिल्लामा गएमा तत्काल पास जारी गरेको जिल्लाले नै सवारी आवागमन रोक्ने व्यवस्था गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । बिहीबार (जेठ १ गते) बाट यो नियम लागु हुने मन्त्रालयले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्ला जानुपर्ने अत्यावश्यक कारण भए जुन जिल्ला जाने हो सोही जिल्लाको जिल्ला प्रशासनको स्विकृतिमा मात्रै पास जारी गरिने छ ।

यसैगरी जिल्लामा बसेको जिल्ला ‘कोभिड-१९ विपद व्यवस्थापन केन्द्र’को आज बसेको बैठकले मोटरसाइकल तथा साना सवारी साधनको आवागमन बढेकाले त्यसलाई रोक्ने निर्णय गरेको छ । केन्द्रको बैठकले नेपाल प्रहरी र शसस्त्रको सहयोगमा लकडाउनलाई थप पभावकारी बनाउन एम्बुलेन्समा यात्रु बोक्ने गरेको पाइएकाले तिनीहरुको निगरानी गरी कारवाही गर्ने भएको छ ।

बुधबारबाट जिल्ला प्रवेश गर्ने नाकामा कडाइका साथ चेकजाँच गरिने प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । सोही अनुसार सर्वसाधारण सबैले जिल्लाले गरेको निर्देशनको पालना गर्नुहुन अनुरोध गर्दै उनले आदेशको पालना नभए कानुन अनुसार कारवाही हुने बताए ।

साथै कृषि उपज ढुवानी तथा बिक्री वितरणका लागि सवारी पास दिने निर्णय गरेको छ । यस्ता पास लिनका लागि कुषि उपसमितिकाे सिफारिसमा प्रशासकीय अधिकृत रामकृष्ण घिमिरेलाइ जिम्मा दिइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!