गृहपृष्ठ ∕ समाचार ∕ सीमा विवाद सुल्झाउन माग गर्दै सिन्धु नेविसंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र सीमा विवाद सुल्झाउन माग गर्दै सिन्धु नेविसंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र सिन्धु खबर वैशाख ३०, २०७७ गते १५:५५ मा प्रकाशित चौतारा । भारतले सीमा अतिक्रमण गर्दा समेत सरकारले सीमाका विषयमा भारतसँग कुनै छलफल नगरेको भन्दै नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको छ । नेविसंघ सिन्धुपाल्चोकले इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख नवराज न्यौपाने मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेविसंघ सिन्धुपाल्चोकका कार्यावाहक अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए । ज्ञापन पत्रमा भनिएको छ, नेपालको भूमि मिचेर सडक बनाउँदा थाहा नपाउने सरकारले गल्ती सच्चयाउनु भन्दा उल्टै सीमा अतिक्रमणको विरोधमा सडकमा आएका सर्वसाधारण र विद्यार्थी नेतामाथि भएको प्रहरी दमनको घोर भत्र्सना गर्दछौं । नेविसंघले निर्वाचनका समयमा चर्का राष्ट्रवादी कुरा गर्ने र सत्ता जोगाउन भारतसँग लम्पसार पर्ने प्रवृतिको घोर भत्र्सना गर्दै यही कारण सीमा अतिक्रमण भएको ठहर समेत गरेको छ । साथै नेविसंघले सीमा विवादलाई उच्च कुटनीटितक सुझबुझका साथ समाधान गर्न सरकारलाई आग्रह गर्दै २०१५ मा चीन र भारतबीच बेइजिङमा भएको सहमतिप्रति घोर आपति जनाएको छ । हाम्रो भूमि फिर्ताका लागि तदारुकताका साथ सरकारले काम नगरे भारतीय अतिक्रमण र सरकारको लम्पसार प्रवृति विरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने नेविसंघ कार्यावाहक अध्यक्ष श्रेष्ठले चेतावनी दिए । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे