गृहपृष्ठ ∕ भिडियो ∕ ‘सबैले आफूलाई पीडित भन्छन्-कसरी दिने राहत ?’(भिडियो) ‘सबैले आफूलाई पीडित भन्छन्-कसरी दिने राहत ?’(भिडियो) सिन्धु खबर वैशाख २७, २०७७ गते १५:५८ मा प्रकाशित खाडिचौर । लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले विभिन्न जिल्लाबाट गाउँपालिका भित्रेकाहरु सामुदायिक क्वारेन्टाइनमा बस्न नमानेको बताएका छन् । काठमाडौंबाट आएकाहरुलाई विद्यालयमा राख्ने गाउँपालिकाको योजना भएपनि उनीहरु बस्न नमानेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘हामी घरमा नै सुरक्षित बस्छौं भन्नुभयो त्यसैले ४ सय जनाको स्वास्थ्य परीक्षण गरेर घरमा नै बसेका छन् ।’ उनले राहत वितरणमा समस्या भएको बताएका छन् । स्थानीयहरुले हामी सबै पीडित हौ सबैले राहत पाउनुपर्छ भनेपछि राहत वितरणमा समस्या भएको छ । अति नै विपन्नलाई राहत दिने गाउँपालिकाको निति भएपनि सबैले पाउनुपर्छ भनेपछि समस्या भएको हो । अहिलेसम्म गाउँपालिकामा यो महामारीको अवस्थालाई गाउँपालिका एक्लैले लड्दै आएको छ । संघबाट आधिकारिक हिसाबको सहयोग नआएको र प्रदेशले १० लाख पठाउने भनेतापनि त्यो दाखिला भइनसकेको उनले जानकारी दिए । सबैको परीक्षण गरेर कोरोना छैन भन्ने थाहा पाउन पाए सबैलाई ढुक्क हुने थियो उनले भने । त्यसको लागि संघ र प्रदेशले आवश्यक कीटको व्यवस्था गरिदिनुपर्ने उनको माग छ । आवश्यक किट भयो भने परीक्षण गर्न गाउँपालिका तयार छ । भारतबाट खाद्य सामग्री आएरमात्रै नेपालमा अहिले खाद्य समस्या नभएको उनले बताए । भारतमा पनि लकडाउन रहेकाले उत्पादन नभएपछि नेपालमा खाद्यान्न नआउने हुँदा खाद्यान्न समस्या हुन सक्ने भन्दै उनले संघ र प्रदेश यसबारे सोच्न जरुरी रहेको बताए । त्यसको लागि स्थानीय तहहरुले पनि सोचिरहेको तर त्यसले मात्रै नपुग्ने हुँदा संघ र प्रदेशले नै यसबारे सोच्न जरुरी रहेको उनले सुझाव दिए । पालिकाले पनि आफ्नो पालिकाभित्रका सबै बाँझो जमिनमा खेती सुरु गर्छ उनले भने । हेरौ सिन्धुखबरले उनीसँग गरेको कुराकानी । क्याटेगोरी : भिडियो, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे