गृहपृष्ठ ∕ समाचार ∕ वडाले पुर्यायो घरमै किताब वडाले पुर्यायो घरमै किताब सिन्धु खबर वैशाख २७, २०७७ गते १५:३४ मा प्रकाशित चौतारा । त्रिपुरासुन्दरी गाउँपालिका ३ ले घर-घरमा पुगेर विद्यार्थीलाई किताब बाँडेको छ । वडा शिक्षा समितिले निर्णय गरे अनुरुप विद्यालयहरुले वडाका १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको घरमै गएर आजबाट किताब वितरण सुरु गरेको वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । पुस्तक वितरण आइतबारसम्म सकिनेछ । विद्यालयले पुस्तकहरु किनेर आफै गाडी लिइ गाउँ गाउँ पुगेर वितरण गरेको हो । विद्यालयले अहिले आफैले पुस्तक खरिद गरेपनि पछि सरकारले अनुदान दिएपछि सोधभर्ना गरिने रिसालले जानकारी दिए । विद्यार्थी भर्नाको आधारमा सरकारले विद्यालय शिक्षाका लागि निशुल्क किताब उपलब्ध गराउँदै आएको छ । वडामा ८ विद्यालयमा ५ सय २० विद्यार्थी छन् । वडामा विद्यार्थी भर्ना अभियान सकिएको छ । भर्ना संख्याका आधारमा पुस्तक वितरण गरिएको हो । १ देखि १० सम्म स्वत भर्ना गरिएको र ६ र ९ को हकमा भने अन्य विद्यालयबाट आउनेले सम्बन्धित विद्यालयको हेडसरले सबै तथ्यांक ल्याएर एकमुष्ट भर्ना गरिएको थियो । बाँकी छुटपुट भर्नाको लागि वडाले स्वास्थ्य स्यवंसेविका मार्फत भर्ना गर्ने बताएको छ । यसैबीच वडाले आउँदो सोमबारबाट अफलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा फुर्सदमा रहेका विद्यार्थीहरुमा मानसिक समस्या नहोस भनेर वडाले अफलाइन कक्षा सञ्चालन गर्न लागेको अध्यक्ष रिसालले जानकारी दिए । अफलाइन कक्षामा टोल टोलमा गएर शिक्षकले विद्यार्थीहरुलाई गृहकार्य दिने, कपी चेक गर्ने र फेरि गएर सल्लाह सुझाव दिने गर्दछन् । साथै विद्यार्थीलाई सरसफाइका बारेमा पनि सचेत गराउनेछन् । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे