शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारढुवानी अनुदानमा गाउँमै किसानलाई मल

ढुवानी अनुदानमा गाउँमै किसानलाई मल


हेलम्बु । हेलम्बु गाउँपालिकाले किसानलाई रासायनिक मल वितरण सुरु गरेको छ । लकडाउनका कारण खेतीपातीको समयमा किसानले मल नपाउने अवस्था नहोस् भनेर गाउँपालिकाले कृषि सहकारीसँग समन्वय गरेर मल वितरण सुरु गरेको हो । सहजरुपमा किसानले मल पाप्त गर्न सकुन भनेर हेलम्बुले सहकारीमार्फत मल ल्याइ आजबाट वितरण सुरु गरेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

किसानलाई कृषि सहकारी संस्थामार्फत कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङकै भाउमा गाउँपालिकाले मल उपलब्ध गराएको हो । गाउँपालिकाले मल ढुवानीवापत कृषि सहकारीलाई किसानको सट्टा गापाले प्रतिबोरा एकसय ३० रुपैयाँ अनुदान दिने अध्यक्ष शेर्पाले बताए ।

अहिलेसम्म गाउँपालिकाले सहकारी मार्फत १९ बोरा डीएपी र ३१ बोरा युरिया मल वितरण गरेको हेलम्बुका कृषि प्रमुख टोप बहादुर बडुवालले जानकारी दिए । यो मल वितरणको क्रम रहिरहन्छ । गापाले युरिया मल एक बोरोको ८ सय ५० मा र डीएपी मल एक बोराको २३ सयमा उपलब्ध गराएको अध्यक्ष शेर्पाले बताए ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बाहिरी स्थानबाट तरकारीलगायत खाद्यान्न आउन बन्द हुने अवस्था आएपछि कृषि सहकारीसँग समन्वय गरेर गाउँपालिकाले किसानलाई सस्तोमा मल र विउ उपलब्ध गराउने योजना अघि सारेको हो ।

सुरुमा गापाले स्थानीय रातोपुल कृषि सहकारी संस्थामार्फत हेलम्बुमा रहेका सबै किसानका लागि रासायनिक मल ल्याउने तयारी गरेको थियो । तर, कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले गापाभित्र रहेका सबै सहकारीहरुलाई परिचालन गर्नुपर्ने बताएपछि अरु ४ कृषि सहकारीले पनि मल ल्याएर वितरण गर्न थालेका छन् ।

तीन वटा कृषि सहकारीले मल ल्याइसकेका छन् कृषि प्रमुख बडुवालले भने बाँकी दुई सहकारीपनि मल ल्याउने प्रक्रियामा रहेका छन् । गाउँमै बजार भाउ भन्दा सस्तो दरमा मल पाएपछि किसान खुशी छन् । अहिले मकै र धान लगायत खाद्यान्न बालीका लागि मल नभइ हुँदैन् ।


क्याटेगोरी : समाचार
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!