गृहपृष्ठ ∕ भिडियो ∕ निजी अस्पताल ठूला शहरमा मात्रै केन्द्रित हुनुहुँदैन(भिडियोसहित) निजी अस्पताल ठूला शहरमा मात्रै केन्द्रित हुनुहुँदैन(भिडियोसहित) सिन्धु खबर वैशाख २६, २०७७ गते १७:२६ मा प्रकाशित मेलम्ची । मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले निजि वा सरकारी सबै अस्पतालहरु शहर केन्द्रित भएको आरोप लगाएका छन् । सिन्धुखबरसँग कुरा गर्दै उनले निजि र सरकारी अस्पताल काठमाडौं केन्द्रित मात्रै हुन नहुने बताए । अब ती अस्पतालहरु प्रदेश, जिल्ला र गाउँपालिकासम्म पुग्नुपर्ने उनको सुझाव छ । उनले २५ बेडको अस्पताल आफ्नो नगरपालिकामा आवश्यक रहेपनि त्यो नहुँदा भोलि महामारीको अवस्था आए समस्या देखिने बताए । उनले स्वास्थ्यमा सचेतना जगाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदैं विद्यालय तहका पुस्तकहरुमा स्वास्थ्यसम्बन्धी विषय राख्न जरुरी रहेको बताए । कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाले विभिन्न काम गर्दै आएको उनको भनाइ छ । सुरुमा मेलम्चीले सचेतनामा जोड दिएको थियो । पछिल्लो चरण स्वास्थ्य परीक्षण र क्षेत्रीय क्वारेन्टाइन व्यवस्थापनमा नपरपालिका व्यस्त छ । दीर्घरोगीहरुलाई औषधि पुर्याउने, काठमाडौंमा अलपत्र परेको आफ्ना नागरिकको उद्धारमा नगरपालिका लागेको छ । नगरपालिकाले दैनिक ज्याल मजदुरी गरेर खानेहरुलाई राहत वितरण पनि गरेको छ । अबका दिनमा के गर्दैछ त नगरपालिका हेरौं भिडियो । क्याटेगोरी : भिडियो, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम