शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाचारचौतारा क्वारेन्टाइनमा बसेका १६ जनाको आरडीटी रिपोर्ट नेगेटिभ, आजै घर पठाइयो

चौतारा क्वारेन्टाइनमा बसेका १६ जनाको आरडीटी रिपोर्ट नेगेटिभ, आजै घर पठाइयो


चौतारा । कोरोना आशंकामा चौतारामा आज आरडीटी परीक्षण गरिएका सबैको जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेका १६ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

पर्वतमा काम गर्न गएको गौरतीका १५ जना गत वैशाख १४ गते चौतारा आएका थिए भने एक जना काठमाडौंबाट आएकी थिइन् । उनीहरुको आज आरडीटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङ जानकारी दिए । उनीहरुलाई आजै घर पठाइएको छ । उनीहरु क्वारेन्टाइनमा बसेको दुइ हप्ता नपुग्दै परीक्षण गरिएको थियो ।

यसअघि चौतारा साँगाचोकगढी ७ मेलचौरमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा रहेका १४ जनाको आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि घर पठाइएको थियो । कोरोना आशंकामा बैशाख १० मा नगरपालिका भित्रेका विभिन्न वडाका १४ जनाको बुधबार आरडीटी परीक्षण गरिएको थियो ।

विभिन्न जिल्लाबाट जिल्ला भित्रेका १४ जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । ४ बर्षे र ७ बर्षे गरि दुइजना बालकसहित १४ जना मध्ये ४ महिला र १० पुरुष रहेका छन् । ती मध्ये एक जना सर्लाहीबाट चौतारामा रहेका आफ्नो साथीको घरमा आएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!