Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाचारएक पुरुषको शव फेला

एक पुरुषको शव फेला


मेलम्ची ।  मेलम्ची नगरपालिका ११ धितालबेसी स्थित खोल्सामा एक पुरुषको शव फेला परेको छ । कैलाली घोडा घोडी नगरपालिका १ घर भई हाल मेलम्ची नगरपालिका ११ कमल बहादुर भट्टराईको घरमा भाडामा बस्दै आएका बर्ष ३४ को बिर्ख बहादुर बिकको शव आज फेला परेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बिक मेलम्ची जिरोकिलो सडक खण्डमा लेवर काम गर्दै आएका थिए । उनको शव सडिगलि दुर्गन्धित अबस्थामा फेला परेको थियो । उनी  वैशाख १७ गते बाट हराएको बताइएको छ ।  उनको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याई सुरक्षित साथ राखिएको छ। उनको हत्या हो या अन्य कारणले मृत्यु भएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!