गृहपृष्ठ ∕ समाचार ∕ चुल्हो बल्ननै गाह्रो भएकालाई राहत चुल्हो बल्ननै गाह्रो भएकालाई राहत सिन्धु खबर वैशाख २४, २०७७ गते २१:३१ मा प्रकाशित चौतारा । चौतारा सांगाचोकगढी नगरपालिका ६ नम्बर वडाले चुल्हो बल्ननै गाह्रो भएका ८९ विपन्न परिवारलाइ राहत वितरण गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेको मापदण्डमा रहेर राहत वितरण गरीएको वडा अध्यक्ष तोक वहादुर तामाङले जानकारी दिए । चौतारा सांगाचोकगढी नगरपालिका ६ नम्बर वडा स्तरीय विपत ब्यवस्थापन समितिको बैठकले निर्णय गरेसंगै हात मुख जोड्न गाह्रो परेका अति विपन्न परीवारले राहत पाएका छन् । अध्यक्ष तामाङका अनुसार समितिले वडाबाट उनीहरुलाई कुपन उपलब्ध गराएको छ । सरकारले तोकेको मापदण्ड अनुसार ३ भन्दा बढी सदस्य संख्या भएका परीवारलाई ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ४ वटा साबुन र २ किलो चिनी गरी जम्मा एक परीवारलाई २ हजार ५ सय १४ रुपैयाको राहत सामग्री दिएको छ । परिवारमा २ वा त्यो भन्दा कम सदस्य भएको अवस्थामा त्यसको आधा मात्र राहत वडाले वितरण गरेको हो । सरकारले कोरोना जोखिम कम गर्न लकडाउन गरेसंगै दैनिक ज्यालामजदुरी गर्ने परिवार समस्यामा परेको गुनासो आएपछि वडाले सहयोग गरेको अध्यक्ष तामाङले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम