मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारलकडाउनमा पनि रोकिएन विकास योजना(भिडियो)

लकडाउनमा पनि रोकिएन विकास योजना(भिडियो)


चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न असहज परिस्थितिमा पनि लकडाउनको प्रबाह नगरी विकास योजनाहरुको निर्माण नियमित रुपमा गरिरहेको छ । गाउँपालिका र केन्द्रीय तहबाट सञ्चालित भौतिक संरचनाको निर्माणलाई निरन्तरता दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले विकास योजनामा संलग्न कामदारहरुले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गरेर कामलाई निरन्तरता दिएको जनाएको छ । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलका अनुसार विशेषतः गाउँ र वडा कार्यालयहरुको निर्माण भइरहेको छ । सडक र अन्य साना योजनाको निर्माण पनि नरोकेको उनले बताए ।

स्थानीय स्रोत साधनलाई बढी भन्दा बढी प्रयोग गरिएको छ । बाहिरको निर्माण सामग्री प्रयोग गर्नुपर्दा पनि जिल्ला प्रशासन कार्यालयको स्विकृतीमा ल्याउने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!