गृहपृष्ठ ∕ समाचार ∕ हेलम्बुले सुरु गर्यो एकल पुरुष भत्ता हेलम्बुले सुरु गर्यो एकल पुरुष भत्ता सिन्धु खबर वैशाख २२, २०७७ गते २१:५४ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको छ । गापाले दोस्रो चौमासिकबाट एकल पुरुषलाई भत्ता वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । एकल पुरुषले मासिक पाँच सय भत्ता पाउनेछन् । श्रीमतीको मृत्यु भएको मृत्युदर्ता प्रमाणपत्र पेश गरेपछि पुरुषहरुले भत्ता पाउनेछन् । महिला र पुरुष समान भएकाले व्यवहारिक रुपमै त्यसको थालनी गर्न पुरुषलाई पनि भत्ता दिन थालेको अध्यक्ष शेर्पाले बताए । जुनसुकै उमेर समूहका श्रीमती बितेका पुरुषले एकल पुरुष भत्ता पाउनेछन् । विवाह नगरी बसेकाको हकमा आगामी दिनमा थप छलफल गरेर निर्णय लिने शेर्पाले बताए । महिलाहरुले भने सरकारको निर्णय अनुसार एकल महिला भत्ता लिँदै आएका छन् । एकल महिलाले मासिक दुइ हजार भत्ता पाउँछन् । तर पुरुषलाई भत्ता दिने गरिएको छैन । गापाको आन्तरिक स्रोतबाट गापाभरि रहेका पुरुषलाई भत्ता वितरण गर्न सुरु गरिएको प्रशासकीय अधिकृत भीमराज कोइरालाले बताए । अहिलेसम्म गापाका एक सय ९५ जना एकल पुरुषले भत्ता लिएका छन् । जिल्लामा एकल पुरुष भत्ता दिने हेलम्बु नै पहिलो गापा हो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे जुगलका दुई बस्ती सार्न सिफारिश चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ मेलम्चीको पानी वितरणका लागि यस्तो योजना धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै