बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारसरकारले भन्यो,`भर्ना प्रक्रिया र अनलाइन कक्षा दुवै बन्द गर्नु`

सरकारले भन्यो,`भर्ना प्रक्रिया र अनलाइन कक्षा दुवै बन्द गर्नु`


चौतारा । सरकारले नयाँ भर्ना तथा कुनैपनि तहको कक्षा सञ्चालन नगर्न अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आज बसेको मन्त्रीस्तरीय बैठकले कोरोना संक्रमणको त्रासका कारण हाल देशभरका विद्यालयहरुको पठनपाठन बन्द रहेकाले अर्को सूचना नभएसम्मका लागि कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा भर्न नगर्न र नगराउन भनेको छ ।

साथै भर्नाका नाममा कुनै किसिमको शूल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । विभिन्न स्थानीय तहहरुले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने र नयाँ भर्ना गर्ने सम्बन्धि विभिन्न निर्णयहरु गरेको अवस्थामा सरकारको यो निर्णय आएको हो ।

त्यस्तै एसईई र कक्षा ११ र १२ को परीक्षा सञ्चालन सम्बन्धमा पनि कुनै निर्णय नभएको मन्त्रालयले स्पष्ट पारेको छ । परीक्षा सञ्चालन सम्बन्धमा मन्त्रालयले वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श गरिरहेको हुँदा परीक्षा सञ्चालनबारे थप निर्णय नभएको मन्त्रालयले जानकारी गराएको छ ।

साथै संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शूल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने सरकारले गरेको निर्णय कार्यन्वयन भए नभएकोबारे अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउनहुन पनि मन्त्रालयले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!