मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाचारअब आफू रहेको जिल्ला छाडेर बाहिर जान बन्देज

अब आफू रहेको जिल्ला छाडेर बाहिर जान बन्देज


चौतारा । जिल्ला प्रशासनले अन्य जिल्ला जान जारी गर्ने अत्यावश्यक पास बन्द गर्ने निर्णय गरेको छ । अब अत्यावश्यक काममा जिल्ला बाहिर जानुपर्ने भए सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । कोभिड १९ विपद व्यवस्थापन केन्द्रको आज बसेको बैठकले यो निर्णय गरेको हो ।

गृह मन्त्रालयबाट प्राप्त एसएमएस मार्फत जिल्ला भन्दा बाहिर लागू हुने गरी त्यस्तो अनुमतिपत्र जारी नगर्न निर्देशन भइ आएकोले अब त्यस्तो अनुमसितपत्र जारी नगर्ने जनाइएको छ । प्रशासनले जारी गरेको पास जिल्लाभित्र मात्रै चल्नेछ ।

यसैबीच क्वारेन्टाइन र आइसोलेशनको जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल, स्वास्थ्य कार्यालयका प्रमुख दुर्गानाथ चापागाईले अनुगमन गर्दा सुनकोसी गाउँपालिका वडा नम्बर ६ स्थित महेन्द्रोदय माविमा सञ्चालित ४ बेडको क्वारेन्टाइन र वडा नम्बर ७ स्थित सेतीदेवी माविमा रहेको ७ बेडको क्वारेन्टाइन न्यूनतम मापदण्ड पुरा नभएको पाइएकाले उक्त क्वारेन्टाइनहरुलाई मौजुदा सूचीबाट हटाइने भएको छ ।

त्यसैगरी कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले हरेक गाउँपालिकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड पुग्ने खालका दुई सय थान पीपीइ, एक सय थान एन नाइन्टिन फाइभ मास्क, नगरपालिकाले तीन सय थान पीपीई र एक सय ५० थान एन नाइन्टिन फाइभ मास्क स्टक राख्न सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ । त्यस्तै जिल्लामा रहेका दमकल वा आगलागि नियन्त्रक अन्य सामग्री तयारी अवस्थामा राख्ने समेत केन्द्रले निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!