गृहपृष्ठ ∕ भिडियो ∕ गाउँबाट राहत बोकेर काठमाडौंमै (भिडियोसहित) गाउँबाट राहत बोकेर काठमाडौंमै (भिडियोसहित) सिन्धु खबर वैशाख २२, २०७७ गते १८:१६ मा प्रकाशित काठमाडौं । सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिकाका वडाध्यक्षहरु राहत बोकेर काठमाडौं नै आएका छन् । काठमाडौं सबै कुरा गाउँ पुर्याउँछ तर यो पालि काठमाडौंलाई राहत बोकेर गाउँ आएको हो । लकडाउन भएको लामो समय भएका कारण आफ्ना वडाका दैनिक ज्याला मजदुरी गर्ने नागरिक भोकै नपरुन भनेर गाउँ राहत बोकेर काठमाडौं आएको हो । राहत काठमाडौै मात्रै आएन नागरिकको कोठा कोठा पुग्यो । त्यसमा जुगलका ७ वटै वडाका वडाध्यक्ष राहत वितरणमा आफै लागे । उनीहरुले गाउँबाट काठमाडौंमा को कहाँ बस्छन् भनेर लिस्ट नै बोकेर आएका थिए । सोही लिस्ट बमोजिम पाँच दिनसम्म लगाएर राहत वितरण गरेको ५ नम्बर वडाका वडाध्यक्ष सनत अधिकारीले बताए । राहत पाएर जनतापनि खुशी छन् । उनीहरु भन्छन्, जनता भोकै छन् कि भनेर वडाले नै सम्झियो हामी खुशी छौं । ‘के खाउ भन्ने बेला चामललगायत आवश्यक खाद्यान्न लिएर वडा नै यही आयो जनप्रतिनिधि त यस्तो पो हुनु’ उनीहरु भन्दै थिए । वडाध्यक्ष सनतले पाँच दिन लगाएर राहत वितरण गरे । उनले आफ्ना वडाका उपत्यकामा बस्ने २०१ प्रिवारलाई खाद्यान्न राहत वितरण गरे । बनेपाबाट बाँड्दै आए अझै ४० परिवारलाई राहत पुगेन उनीहरुलाई छिट्टै व्यवस्था गर्ने उनले बताए । खाद्यान्न राहतमा एकबोरा चामल, नून, तेल, गेडागुडीलगायत छन् । जो जहाँ छन् त्यही राहत पुर्याउने गाउँपालिकाको निति अनुसार उनी राहत लिएर काठमाडौं आएका थिए । जुगलले विपद व्यवस्थापन समितिको बैठक नै बसी काठमाडौंमा रहेका आफ्ना नागरिकहरुलाई खाद्यान्न राहत उतै पुर्याउने निर्णय गरेको थियो । काठमाडौंमा रहेकालाई खाद्यान्न राहत दिने तर गाउँ नल्याउने गापाको निति अनुसार वडाध्यक्षहरु राहत बोकेरै काठमाडौं आएका हुन् । क्याटेगोरी : भिडियो, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम