बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारचौतारामा ५६ जनाले गरे रक्तदान

चौतारामा ५६ जनाले गरे रक्तदान


चौतारा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । विश्व रेडक्रस दिवसको अवसर पारेर आज चौतारामा गरिएको कार्यक्रममा विभिन्न ५६ जना व्यक्तिले रक्तदान गरेको रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिए । विश्व रेडक्रस दिवस आउँदो मे ८ मा मनाइदैछ ।

रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए । कोभिड-१९ को संक्रमणको कारण उपत्यकामै रगत अभाव भएको अवस्था रहेकाले जिल्लामा रगत अभाव नहोस् भनेर रक्तदान गरिएको महामन्त्री कक्षपतिले बताए ।

रक्तदानमा अन्य स्थानीयका साथै प्रहरीको पनि उल्लेख्य सहभागिता रहेको थियो । अहिलेको विषम परिस्थितिमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी मानिसको जीवनरक्षामा सधै जिम्मेवार भएकाले रक्तदानमा प्रहरी सहभागिता रहेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । रक्तदान सामाजिक दुरीलाई कायम राख्दै गरिएको थियो ।

रेडक्रसले बन्देउमा यातायातका साधनलाई डिसइन्फेक्सन गर्ने, हेल्थ डेस्क राखेर चौतारा साँगाचोकगढी नगरपालिका प्रवेश गर्ने मानिसहरुको स्वास्थ्य परीक्षण गर्ने काम गरेको छ । तातोपानी सीमा नाकामा आवतजावत गर्ने गाडीलाई डिस्इन्फेक्सन गर्ने कामको तयारी अन्तिम अवस्थामा पुगेको सभापति राजेन्द्रमान ताल्चाभडेलले जानकारी दिए । त्यसको लागि रेडक्रसले सम्पुर्ण तयारी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!