गृहपृष्ठ ∕ समाचार ∕ हेलम्बुमा ३ सय ७० मिटर लामो झोलुंगे पुल बन्ने तयारी हेलम्बुमा ३ सय ७० मिटर लामो झोलुंगे पुल बन्ने तयारी सिन्धु खबर वैशाख २२, २०७७ गते १३:४६ मा प्रकाशित हेलम्बु । पर्यटकीय क्षेत्र हेलम्बुमा ३ सय ७० मिटर लम्बाइको झोलुंगे पुल बन्ने भएको छ । पुल निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी निर्माण प्रक्रिाया अघि बढाएको छ । मेलम्ची खोलामाथि हजार फिट अर्थात करिव १ सय ८० मिटर उचाइमा बन्ने उक्त पुल मान्छेको आउजाउ मात्र होइन पर्यटका लागि पनि आकर्षित हुने स्थानीयको भनाई छ । मेलम्ची खानेपानीको मुहानभन्दा मथि र सर्कथली भन्ने स्थानबाट तल्लो भागमा पर्ने उक्त पुल निर्माणका लागि करिव ३ करोड ५० लाख खर्च हुने अनुमान छ । गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार उक्त पल नेपालकै लामो र उच्च स्थानमा रहेको पुलहरु मध्येको एक हो । यति लामो पुलको स्टिमेट गर्न प्राविधिकले आनकानी गरेपछि विशेषज्ञको सहयोग लिएको उनले जानकारी दिए । ‘स्थानीय तहले बनाउन धेरै लागत लाग्ने भएकाले हामीले प्रदेश सरकारलाई अनुरोध गरेका छौं,’ शेर्पाले भने । पर्यटकका लागि हेलम्बु राजधानीबाट सवैभन्दा नजिक र पुरनो टे«किङ रुट हो । मेलम्ची मुहान नजिकै बन्ने भएकाले आन्तरिक पर्यटक पनि उक्त पुल हेर्न जान सक्ने छन् । जिल्लाको त यो सवैभन्दा उचाइ र सवैभन्दा लामो हो, शेर्पाले भने,‘मुलुकभित्र पनि यस्तो पुल कतैकतै मात्र हुन सक्छ ।’ यातायताको सुविधा भएपछि पछिल्लो समय घुम्नका लागि हेलम्बु आउनेहरु बढ्दै गएका छन् । मेलम्ची मुहान हेर्न पनि आन्तरिक पर्यटक धेरै आउने गरेका छन् । उक्त पुलबाट हेलम्बुको पर्यटकीय केन्द्रहरु तार्केघ्याङ उत्तर र मेलम्चीघ्याङ दक्षिणपूर्वमा पर्दछ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे