गृहपृष्ठ ∕ समाचार ∕ २५ सय बढी नेपाली कुवेतको क्वारेन्टाइनमा, सिन्धुवासी सुरक्षित २५ सय बढी नेपाली कुवेतको क्वारेन्टाइनमा, सिन्धुवासी सुरक्षित सिन्धु खबर वैशाख २०, २०७७ गते ११:०१ मा प्रकाशित काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरसले विदेशमा रहेको नेपालीहरू अझ बढी प्रभावित छन् । घर परिवारबाट टाढा रहनु र काममा जान नपाउनुले उनीहरुलाई आर्थिक, सामाजिक र मानसिक रुपमा बढी प्रभाव पारेको छ । विदेशमा रहेको सिन्धुवासीहरूको खबर लिने क्रममा सिन्धुखबरले बलेफी गाउँपालिका ८ लामोसाँघु निवासी हाल कुवेतमा कार्यरत माधव पौडेल “असल यात्री” लाई सम्पर्क गरेको थियो । पौडेल कुवेतमा लामो समयदेखि बस्छन् । उनी भन्छन् ‘हामी सुरक्षित छौं, मेरो सूचना अनुसार यहाँ ६१ नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।’ उनी भन्छन्, ‘अहिलेसम्म सिन्धुवासी भने सुरक्षित छन् ।’ त्यहाँको कानुन अनुसार संक्रमितको नाम ठेगाना सार्वजनिक गर्न मिल्दैन । हाल कुवेतमा लगभग ७० हजार नेपाली कार्यरत छन् । ती मध्ये धेरै घरेलुु कामदारहरु छन् । अन्य काम गर्ने दुई हजार जति छन् । कोरोना संक्रमणले पारेको प्रभावसँगैं कुवेत सरकारले खोलेको आममाफिको फाइदा उठाउदै २५ सय देखि चार हजार संख्यामा अवैधानिक कामदारहरु नेपाल जानको लागि कुवेत सरकारको क्वारेन्टाइनमा बसेका छन् । अहिले अन्तराष्टिय उडान नभएका कारण उनीहरु स्वदेश फर्कन पाएका छैनन् । स्थिति सहज भएर नेपालमा अन्तर्रा्ष्ट्रिय उडान सुरु भएसँगै उनीहरु नेपाल फर्कनेछन् । उनीहरु बर्षौ पछि घर परिवारसँग मिलन हुनेछ भनेर प्रफुल्लित छन् । उनी भन्छन्, ‘यहाँ हामीलाई आफू सुरक्षित रहने एउटा चिन्ता त छदैं छ नेपालमा रहेका आफन्तहरुको चिन्ता पनि उतिकै लागिरहन्छ ।’ पौडेल आफै पनि विभिन्न परोपकारी संघसंस्थामा आबद्ध छन् । उनले समस्यामा रहेका नेपालीहरुको समस्या समाधानमा सधै अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे