बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचार‘वडा–वडामा क्वारेन्टाइन बनाएर फोटो खिच्ने प्रतिस्पर्धा अनावश्यक’

‘वडा–वडामा क्वारेन्टाइन बनाएर फोटो खिच्ने प्रतिस्पर्धा अनावश्यक’


चौतारा । जिल्ला समन्वय समिति(जिसस) प्रमुख कृष्ण गोपाल तामाङले वडा–वडामा क्वारेन्टाइनको आवश्यकता नभएको बताएका छन् । उनले संक्रमण महामारीको अवस्थामा नफैलिएकाले पनि क्षेत्रीय स्तरको क्वारेन्टाइन र आइसोलेशन निर्माण र व्यवस्थापनलाई आफूले प्राथमिकतामा राखेको बताए । जिल्लामा निर्माण भएका क्वारेन्टाइनको प्रयोग शून्यप्राय भएको अवस्थामा उनको यो भनाइ आएको हो ।

‘वडा वडामा क्वारेन्टाइन र आइसोलेशन निर्माण गरेर फेसबुकमा फोटो खिच्ने प्रतिस्पर्धा गर्ने समय अहिले नभएको तर्क गर्दै उनले संक्रमण नियन्त्रणका लागि नै जिल्लाका साविक तीन वटा क्षेत्रका क्वारेन्टान बनाउनु नै वैज्ञानिक भएको बताए ।

जिल्लाभर चार सय ३६ वेडका क्वारेन्टाइन निर्माण भएका छन् । तीमध्ये क्षेत्रीय स्तरका क्वारेन्टाइनमा मात्रै कोरोना शंका गरिएका बिमारीहरु राखिएका छन् । अन्य खाली रहेका छन् । काठमाडौंबाट जिल्ला लगिएकाहरु पनि क्वारेन्टाइनमा बसेका छैनन् । क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा पनि त्यहाँ मान्छे राख्न समस्या भएको देखिन्छ ।

स्थानीय तहमा बनेका क्वारेन्टाइनहरु प्रायःस्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुगेका छैनन् । वडा र गाउँपालिका स्तरीय क्वारेन्टाइन निर्माण गर्दा पर्याप्त स्वास्थ्यकर्मी व्यवस्थापन गर्न नसक्ने हुनाले जिससले क्षेत्रीय स्तरका क्वारेन्टाइन र आइसोलेसन निर्माणलाई जोड दिएको हो । जिससका प्रमुख तामाङका अनुसार अहिलेको सामान्य अवस्थामा क्षेत्रीय स्तरका क्वारेन्टाइन र आइशोलेसन वैज्ञानिक छन् । स्वास्थ्यकर्मीको पर्याप्ततालाई हेर्दा क्षेत्रीय स्तरको क्वारेन्टाइन मात्रै व्यवस्थापन गर्न सकिने उनको तर्क छ ।

जिल्लाको समग्रतालाई हेर्दा कोरोना भाइरस(कोभिड–१९)नियन्त्रका लागि स्थानीय तहहरुले गरेका कामहरु भने सन्तोषजनक रहेको उनले बताए । जिल्लामा रहेका सबै अंगहरु परिचालन गर्दा संक्रमण फैलिहाले पनि नियन्त्रण गर्न सकिन्छ भन्ने आफूलाई विश्वास लागेको उनको भनाइ छ ।

`स्थानीय तहहरुलाई बोलाएर कम्तिमा ५ लाख भएपनि संक्रमण नियन्त्रणका लागि अन्य खर्चबाट रकमान्तर गर्न सुझाए अहिले सुझाव अनुसार काम भएको छ` उनले भने । स्थानीय तहले संक्रमण नियन्त्रण र उपचार कोष भनेर छुट्टै कोष समेत निर्माण गरेका छन् ।

कोरोना संक्रमण अनुशासन र सावधानी अपनाए मात्रै नियन्त्रण गर्न सकिने हुनाले सबै सचेत नागरिकले लकडाउन पालना गर्नुपर्ने उनको भनाइ छ । संक्रमण नियन्त्रण निर्वाचित जनप्रतिनिधिको मात्रै दायित्व नभएकाले सचेत नागरिक, राजनितिक दल, समाजसेवी सबैको भूमिका र दायित्व उतिकै हुने उनको तर्क छ ।

केही राजनितिक दलका प्रतिनिधिहरु जनतासँगको सामिप्यतामा गएको आफुले पाएको उनले बताए । उनले भने, ‘गलत ढंगबाट प्रचार गर्दा पनि जनतामा त्रास फैलिने भएकाले सूचना सही ढंगले दिन सबैमा आग्रह गर्दछु ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!