गृहपृष्ठ ∕ समाचार ∕ किलोले हानेर श्रीमतीको हत्या किलोले हानेर श्रीमतीको हत्या सिन्धु खबर वैशाख १८, २०७७ गते १९:४३ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिका ७ बंगारेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज दिउँसो ३५ वर्षीय राम बहादुर तामाङले ३० वर्षीया अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । बिहानको खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिए । निज राम बहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए । गत वर्षदेखि उनलाई औषधिले काम गर्न छाडेको परिवारले भन्दै आएको अध्यक्ष घिमिरेले बताए । उनले घरका अन्य सदस्यहरुलाई पनि मार्छु भन्दै आएका थिए । राम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भने घटना अनुसन्धानको क्रममा रहेकाले हत्याको कारण खुल्न बाँकी रहेको बताएको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह