गृहपृष्ठ ∕ समाचार ∕ शेर्पा भन्छन “अमेरिकामा रहेका सिन्धुवासीहरू सुरक्षित छन् ” शेर्पा भन्छन “अमेरिकामा रहेका सिन्धुवासीहरू सुरक्षित छन् ” सिन्धु खबर वैशाख १७, २०७७ गते २०:०३ मा प्रकाशित काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) ले विदेशमा रहेका नेपालीहरूलाई पनि प्रभावित छन् । विदेशमा रहेको सिन्धुवासीहरूको हालखबर लिने सन्दर्भमा हामीले अमेरिकाको न्युयोर्क निवासी पेमा डि शेर्पालाई सम्पर्क गरेका छौं । त्रिपुरासुन्दरी १, घोर्थली, सिन्धुपाल्चोकका पेमा देन्डी शेर्पा हाल अमेरिकाको न्यूयोर्कमा सपरिवार बस्छन् । उनी र उनको परिवार घरमा नै क्वारेन्टाइनमा बसेको ४६ दिन भइसक्योे । उनलाई आफू सुरक्षित रहेपनि आफन्तहरू कसरी सुरक्षित रहन्छन् होला भन्ने चिन्ता लागिरहन्छ । उनी भन्छन्, “अहिले नेपाल फर्कनुभन्दा पनि जुन ठाउँमा छौँ त्यहीँ सुरक्षित साथ बसौं ।मेरा नेपालमा रहेका आफन्तलाई भन्न चाहान्छु लकडाउनलाई पालना गर्नु नै यो महामारीबाट जित्ने उतम उपाय हो, भिडभाड नगरु सुरक्षित बसौं ।” संसारमा सबैभन्दा बढी आक्रान्त भएको अमेरिकामा लाखौं सङ्क्रमित छन् भने ५९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।अमेरिकामा रहेका १० नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् र हजारौं संक्रमित भएका छन् । यस अघि अन्य शहरभन्दा बढी प्रभावित न्यूयोर्कमा सङ्क्रमण फैलन कम हुनका साथै यो हप्ता मर्नेको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । तर लकडाउन कति अवधिसम्म रहन्छ अझै थाहा छैन । शेर्पाको अनुसार सिन्धुवासीहरू अहिलेसम्म सुरक्षित नै छन् भने सिन्धु वेलफर सोसाइटीले सुरक्षाको लागि ग्लोब्स, स्यानिटाइजर, मास्क र टाइनल औषधिहरू बाँडिरहेको छ । अति प्रभावितको हकमा खाद्य सामग्रीहरू समेत सहयोग गर्न तयार रहेको बताइएको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?