शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारबलेफी ७ मा दिनहुँ सचेतना अभियान, बजार अनुगमन तीव्र

बलेफी ७ मा दिनहुँ सचेतना अभियान, बजार अनुगमन तीव्र


बलेफी, १७ वैशाख ।

बलेफी गाउँपालिका वडा नं. ७ ले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गाउँगाउँमा दिनहुँ सचेतना अभियान चालेको छ । वडाले सम्भावित संक्रमण फैलन नदिन वडा भर कोरोना रोकथामका लागि चेतना प्रवाह गरिरहेको हो ।
नेपालमा कोरोनाको सन्त्रास फैलनु अघि नै वडाले गाउँ गाउँमा माइकिङ, पर्चालगायत सचेतना कार्यक्रम गरेको थियो । सुरुआतमै वडाले सेनिटाइजर, मास्क, साबुनलगायत वितरण गरेको वडा अध्यक्ष कार्केल लामाले जानकारी दिए । उनले स्वास्थ्य सामग्री वितरण गरिनुका साथै साबुन पानीले हात धुने तरिका, सामाजिक दुरीबारे जानकारी दिइएको बताए ।
अहिले वडाले बजार अभियानलाईसमेत तीव्र बनाएको छ । महामारीको समयमा कालोबजार हुन सक्ने सम्भावित खतरालाई रोक्न वडाले बजार अनुगमन गरिरहेको हो । बजार मूल्य भन्दा बढी रकम लिएमा वडावासीले जानकारी गर्ने गरेको र तत्तल त्यसको समाधान गर्नृे गरिएको अध्यक्ष लामा बताउँछन् ।
वडाको क्षेत्र बजार पनि पर्ने भएकले बाहिरी जिल्लाबाट काम गर्न आएका मजदुरहरु आफ्नो घर फर्कन लागेको समेत भेटिन्छन् । उनीहरुलाई पानी, खाजालगायत सवारी साधनकोसमेत व्यवस्था वडाले गर्ने गरेको छ । त्यस्तै घर जान नपाएका र काम गर्न नपाएका बाहिरी जिल्लाबाट यो वडामा आएका मजदुरलाइ राहत प्रदान गरिएको उनले बताए । कोरोना रोकथामका लागि मात्रै नभई विपद पूर्व तयारीका लागि योजनासमेत विभिन्न बैठककोछलफलबाट अघि सारिएको अध्यक्ष कार्केलले सिन्धुखबरलाई बताए ।


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!