बाल आश्रमलाई नेविसंघको सहयोग

नवलपुर, १७ वैशाख ।
इन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कस्थित बाल आश्रममा नेपाल विद्यार्र्थी संघले खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिदै जाँदा मदर सिस्टर नेपाल बालगृहमा खाद्यान्न अभाव सिर्जना हुन थालेपछि नेविसंघ सिन्धुपाल्चोक २ नं. क्षेीय समितिले खाद्यान्न सहयोग गरेको हो ।
नेविसंघ क्षेत्रीय समितिले गाउँपालिका वडा नं. ५ का अध्यक्ष दुर्गाबहादुर तामाङ, नेपाली कांग्रेस पार्टी क्षेत्रीय सचिव बासु अधिकारी लगायतको रोहवरमा आश्रममा खाद्यान्न् राहत रुवरुप वितरण गरेको थियो । समितिका उपसभापति दिनेश चौलागाईंका अनुसार आश्रमका लागि तत्काल ३ सय किलाे चामल, एक बोरा दाल र एक कार्टुन तेल उपलब्ध गराइएको हो । आवश्यक परेको अवस्थामा आश्रमका लागि खाद्यान्न पछि फेरि सहयोग गरिने सिन्धु काठमाण्डौं सम्पर्क समितिका कार्यवाहक सभापति निश्चल गिरीले बताए । यो सुरुआत भएकाले थप सहयोगका लागि प्रवन्धसमेत गर्ने गिरीको भनाई छ । आश्रमममा २८ बालबालिका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस