गृहपृष्ठ ∕ समाचार ∕ हेलम्बुका जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा कोरोना कोषमा जम्मा हेलम्बुका जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा कोरोना कोषमा जम्मा सिन्धु खबर वैशाख १७, २०७७ गते ९:२९ मा प्रकाशित हेलम्बु । हेलम्बु गाउँपालिकाले जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले एक महिनाको सेवा सुविधा गापाको `कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष`मा जम्मा गर्ने निर्णय गरेको गापाका प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए । `सबै जनप्रतिनिधिको सेवा सुविधा जम्मा गर्दा लगभग चार लाख हाराहारीमा रकम जम्मा हुदो रहेछ गापाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने, हामीले यो महामारीसँग जुध्न साथ र सहयोग होस भनेर कोषमा जम्मा गरेका छौं ।` राज्य र जनताप्रति हामी सबैको दायित्व छ त्यसैले राज्यलाई केही सहयोग पुग्छ कि भनेर कोषमा रकम जम्मा गरेका हौं, उनले भने । गापाले गापा अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडाध्यक्ष र सदस्यलगायतको सेवा सुविधा कोषमा जम्मा गरेको हो । अहिले सो कोषमा २० लाख जति रकम छ । त्यही कोषबाट गापामा अहिले कोरोना नियन्त्रणका कामहरु भइरहेका छन् । यसरी सेवा सुविधा कोषमा जम्मा गर्ने हेलम्बु सिन्धुपाल्चोक जिल्लाभरिका पहिलो स्थानीय तह हो । संघीय सरकारको निर्णय अनुसार कर्मचारीले केही दिनको तलब कोरोना कोषमा यसअघि नै जम्मा गरिसकेको प्रशासकीय अधिकृत कोइरालाले बताए । त्यस्तै हेलम्बुले कृषि मलमा ढुवानी निशुल्क गर्ने भएको छ । यसअघि हेलम्बुले काठमाडौंमा अलपत्र परेका नागरिकको आफ्नै खर्चमा उद्धार, एमबीबीएस डाक्टरसहित घर घरमा गएर स्वास्थ्य जाँच, दीर्घरोगीलाई निशुल्क औषधि वितरण, दैनिक छाक टार्न नसक्नेलाई राहत वितरण, क्वारेन्टाइन निर्माण, अलपत्र मजदुरहरुको उद्धारलगायत काम गरेको थियो । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे