Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाचारजब वडाध्यक्ष काठमाडौंको डेरामै राहत लिएर पुगे

जब वडाध्यक्ष काठमाडौंको डेरामै राहत लिएर पुगे


चौतारा । राहत नपाएर काठमाडौं छाडेर थातथलो जानेको लर्को छ । काठमाडौं सबै कुराले सम्पन्न छ तर पनि भोकभोकै परेका धेरै काठमाडौं छाडेर गाउँ फर्किएका छन् । जुगल ५ का वडाअध्यक्ष भने काठमाडौं बस्ने आफ्ना नागरिकको सूची तयार गरेर राहत लिएर काठमाडौं नै पुगेका छन् ।

दुखमा परेका जनतालाई केही अप्ठ्यारो नहोस् भनेर राहतको पोको बोकेर काठमाडौं आएको वडाध्यक्ष सनत अधिकारीले बताए । उनले उपत्यकामा डेरामा बस्ने आफ्ना नागरिकलाई डेरामै पुगेर राहत वितरण गरे । काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका आफ्ना एक सय १५ डेरामा बस्ने परिवारलाई राहत वितरण गरेको उनले बताए ।

राहतमा एक बोरा चामल, तेल, दाल नून, गेडागुडी वितरण गरेको छ । वडाका दुई सय बढी परिवार उपत्यकाका विभिन्न ठाउँमा बस्ने गर्दछन् । अन्य पालिकाहरुले आफ्ना नागरिकलाई गाउँ लगिरहेका बेला जुगल ५ ले डेरामा बस्ने लाई डेरामै पुगेर राहत वितरण गरेको हो ।

सबै जनालाई गाउँ लग्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले वडाले उपत्यकामा बस्ने डेरावाल वडावासीको तथ्याक संकलन गरी राहत वितरण गरेको अधिकारीले बताए । वडाले थली, गाँछी, दुवाकोट, मूलपानी, त्रिपुरेश्वर लगायत ठाउँमा बस्ने वडावासीलाइ राहत वितरण गरेको छ । उपत्यकामा घर भएकालाई भने वडाले राहत वितरण नगरेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!