गृहपृष्ठ ∕ समाचार ∕ जटिल परिस्थितिको अवस्था अवलोकन गर्न मानवअधिकारको अनुगमन समिति जटिल परिस्थितिको अवस्था अवलोकन गर्न मानवअधिकारको अनुगमन समिति Sindhu Khabar वैशाख १३, २०७७ गते १०:३४ मा प्रकाशित चौतारा, १३ चैत । कोरोना भाइरसबाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानवअधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिन्धुपाल्चोक जिल्लामा अनुगमन समिति गठन गरेको छ । आयोगले गठन गरेको जिल्ला स्तरिय अनुगमन समितिमा नेपाल बार इकाइका अध्यक्ष भेषराम ढकाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष गोबिन्दप्रसाद सापकोटा, मानवअधिकार कर्मी नातिबावु धिताल र आदिवासी जनजाती महिला महासंघकी अध्यक्ष पानमायाँ तामाङसहितको अनुगमन समिति बनेको हो । जिल्लामा गठित समितिले राष्ट्रिय मानवअधिकार आयोगले कोभिड—१९ को सन्दर्भमा मानवअधिकारको अवस्था अनुगमन नेटवर्कको कार्यविधिमा उल्लेखित आचारसंहिता भित्र रहेर अनुगमन गर्ने मानवअधिकार कर्मी नातिबावु धितालले बताए । आयोगले केन्द्र, प्रदेश र जिल्ला गरी तिनै तहमा कोभिड १९ ले मानवअधिकारमा पारेको असरको अनुगमन गर्न समिति गठन गरी परिचालित गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे