Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठसमाचारकोरोना आशंकामा सिन्धुमा चार सय १८ जनाको परीक्षण, कुन स्थानीय तहमा कतिको परीक्षण ?

कोरोना आशंकामा सिन्धुमा चार सय १८ जनाको परीक्षण, कुन स्थानीय तहमा कतिको परीक्षण ?


चौतारा । जिल्लामा कोरोना भाइरस संक्रमणको आशंकामा चार सय १८ जनाको परीक्षण गरिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा ती मानिसहरुको परीक्षण गरिएको हो । विदेशबाट आएका र कोरोना आशंका लागेका तीन सय ९७ जनाको आरडीटी मार्फत परीक्षण र २१ जनाको स्वाब मार्फत पीसीआर परीक्षण गरिएको खोज तथा उद्धार समितिका संयोजक डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । बिहीबारसम्म आरडीटी र पीसीआर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

‘आरडीटी परीक्षणमा शंकास्पद देखिएकाको पीसीआर परीक्षण गरिएको छ संयोजक काफ्लेले भने, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ जिल्लामा रहेका स्थानीय तहहरुमा आरडीटी परीक्षण चौतारा साँगाचोकगढीमा सबैभन्दा धेरै र पीसीआर परीक्षण बार्ह्बिसेमा सबैभन्दा धेरै गरिएको छ । नगरपालिका अन्तर्गत चौतारा साँगाचोकगढीमा ७३ जनाको आरडीटी र तीन जनाको पीसीआर,बार्ह्बिसेमा ३८ जनाको आरडीटी र १२ जनाको पीसीआर परीक्षण र मेलम्चीमा ५६ जनाको आरडीटी र तीन जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै गाउँपालिकामा इन्द्रावतीमा ३६ को आरडीटी, जुगलमा ४३ को आरडीटी र २ को पीसीआर, बलेफिमा ४८ को आरडीटी र दुईको पीसीआर, भोटेकोशीमा २० को आरडीटी, लिसंखुपाखरमा ६ को आरडीटी, पाँचपोखरी थाङपालथापमा २५ को आरडीटी, सुनकोसीमा १४ को आरडीटी, हेलम्बुमा २८ को र त्रिपुरासुन्दरीमा १२ को आरडीटी परीक्षण गरिएको छ ।

सरकारले चैत महिनामा विदेशबाट आएका सबैको आरडीटी परीक्षण गर्ने निति लिए अनुसार जिल्लामा पनि परीक्षण थालिएको हो । विदेशबाट आउने तीन सय ६३ मध्ये दुइ सय ४६ चैत महिनामा आएको र ती सबैको आरडीटी परीक्षण गर्ने काम तीव्र रुपमा भएको संयोजक काफ्लेले जानकारी दिए । पछिल्लो समय शंकास्पद लागेका अन्य व्यक्तिहरुको पनि आरडीटी परीक्षण गरेसँगै जिल्लामा कोरोना भाइरस संक्रमण आशंकामा परीक्षण गर्नेको संख्या वृद्धि भएको हो ।

यसैबीच जिल्लामा हाल विभिन्न पालिकाका २४ जना क्वारेन्टाइनमा रहेका छन् । मेलचौरमा १८ जना महिला सीर्जनशीलको क्वारेन्टाइनमा ५ र मेलम्चीमा एक जना रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!