Techie IT
Friday, March 5,2021 / शुक्रबार, फागुन २१, २०७७
×
गृहपृष्ठसमाचारतिब्बत सरकारले दिएको ८ करोड बढीको स्वास्थ्य सामग्री तातोपानी भन्सारबाट काठमाडौं पठाइयो

तिब्बत सरकारले दिएको ८ करोड बढीको स्वास्थ्य सामग्री तातोपानी भन्सारबाट काठमाडौं पठाइयो


काठमाडौं । तिब्बत सरकारले अनुदान दिएका अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै काठमाडौं गएको छ । ८ करोड बढीको स्वास्थ्य सामाग्री तातोपानी नाका हुँदै बुधबार र बिहीबार काठमाडौं पुगेको हो ।

बुधबार तातोपानी नाकाबाट भित्रेका एन नाइन्टिन फाइभ माक्स १० हजार थान, पीपीई सेट १० हजार थान, इन्फ्रारे थर्मोमिटर एक हजार थान, पीसीआर मेसिन २ वटा, पीसीआर परीक्षण गर्ने किट २० हजार वटा, वेट वाइप ५० वटा स्वास्थ्य सामग्री काठमाडौं पठाइसकेको तातोपानी भन्सारका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

अति नै आवशयक रहेको पीसीआर परीक्षण गर्ने किट हिजो साँझ नै काठमाडौं पठाइएको र बाँकी आज बिहान पठाएको प्रमुख खत्रीले बताए । ती सामाग्री तिब्बत सरकारले नेपाललाई अनुदान दिएको हो । गत चैत २८ मा ल्हासाका महावाणिज्यदुत गोविन्द कार्कीलाई त्यहाँको परराष्ट्र विभाग प्रमुखले ती सामाग्री हस्तान्तरण गरेकी थिइन् ।

पछिल्ला दिनमा तातोपानी नाका हुँदै अत्यावश्यक स्वास्थ्य सामग्री आयात हुन थालेको छ । अर्को हप्ताबाट बाटोमा अलपत्र परेका ८/९ वटा खाद्य सामग्री बोकेका कन्टेनरहरु ल्याउने तयारी भइरहेको खत्रीले बताए ।

साता अघि तातोपानी नाका खोल्ने सरकारको निर्णयको स्थानीयले विरोध गरेका थिए । कोरोना भाइरस संक्रमणको डरले स्थानीयले नाका नखोल्न तातेपानी भन्सारलाई आग्रह गरेका थिए । तर अत्यावश्यक सामग्री त्यही बाटो हुँदै ल्याउनुपर्ने हुँदा आवश्यक सुरक्षा रणनिति अपनाएर सामान ल्याउने जनाएपछि स्थानीय र प्रशासनबीच सामान ल्याउने सहमति भएको थियो ।

स्थानीले स्वास्थ्य सामाग्री मात्रै ल्याउने भए नाका खोल्न दिने भनेपछि त्यही सहमतिको आधारमा नाका खोल्ने सहमति भएको थिए । भन्सार प्रमुख खत्री भने खाद्य वस्तु पनि अत्यावश्यक नै सामान रहेको तर्क गर्छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस