बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचार‘दैनिक काम गरेर खानेलाई भोकै पर्न दिँदैनौं’(भिडियो)

‘दैनिक काम गरेर खानेलाई भोकै पर्न दिँदैनौं’(भिडियो)


यमुनाडाँडा । सुनकोसी गाउँपालिका–४ यमुनाडाँडाले कोरोना भाइरस संक्रमण नियन्त्रणका कारण उत्पन्न समस्याका कारण कसैलाई पनि भोकै बस्न नपर्ने घोषणा गरेको छ । दैनिक ज्यालादारी गरेर खानेलाई न्युनतम खाद्यान्नको व्यवस्था गरिने रणनीति वडाले लिएको छ । अहिले गाउँपालिकाले दिने राहतको सूची तयार भइरहेको जानकारी दिँदै वडाध्यक्ष देबेन्द्र खड्काले लकडाउनको शुरुमै अप्ठरो पर्नेलाई आफूले व्यक्तिग रुपमा केही परिवारलाई चामलको व्यवस्था गरेको उनले बताए ।

वडामा खानै नपुग्ने, अशक्त, वृद्ध, दृष्टिविहीनलाई व्यक्तिगत रुपमा नै वडामा माना–पाथीका दरले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको उनले बताए । ‘हामीले गाउँपालिकाबाट प्राप्त राहत बाँडेका छैनौं । त्यसको लागि तयारी अन्तिम चरणमा पुगेको छ । गाउँमा कसको अवस्था कस्तो छ भन्ने थाहा छ,’ उनले भने । वडाले पहिलो चरणमा ३५ जनालाई राहत दिनुपर्ने पहिचान गरेको जानकारी उनले दिए ।

अशक्तहरु जो काम गर्न नसक्ने अवस्थामा छन् उनीहरुको पहिचान गरी वडाले राहत वितरण गर्ने तयारी रहेको उनले बताए । दोस्रो चरणमा लकडाउनका कारण काम गर्न नपाएका तर सक्षम मानिसको पहिचान गरी राहत दिनुपर्ने देखिएको जानकारी उनले दिए । राहत दिने कुरा लकडाउन कहिलेसम्म लम्बिन्छ त्यसमा निर्भर हुन्छ उनले भने ।

वडामा आपतकालीन अवस्थामा सामान्य उपचार गर्नका लागि चार वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । उनीहरुलाई खानाको व्यवस्था पनि गरिएको छ । तर अहिलेसम्म वडामा त्यस्ता शंकास्पद बिमारी नआएको उनले बताए । विदेशबाट आएका तीन जनाको स्वास्थ्य परीक्षण गरिसकिएको छ । उनीहरुमा त्यस्तो शंकास्पद लक्षणहरु नदेखिएको र विदेशबाट आएको पनि लामो समय भइसकेको उनले बताए ।

राजमार्गमा लकडाउन कडाइका साथ पलना भएको तर गाउँमा त्यसलाई हल्का रुपमा लिएको उनको भनाइ छ । ‘एकैछिन हावा खाउन त भनेर मोटरसाइकल लिएर निस्केका हुन्छन् त्यो बन्दगर्न जरुरी छ यो रोग एक जनाबाट धेरै जनामा संक्रमण हुने भएकाले हामी आफैं सचेत हुन जरुरी छ’ उनले भने ।


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!